बादी
बादी
सुदुर पश्चिमको कुण्ठा
नयाँ कथा छ त्यहा ब्यथा
नियम पुराना शोशित वर्ण
साउ अक्षर शुन्य ,छ मर्म।
आवाज बुलन्द छ उसको
बिगत बाल्य कालको पिढ़ा,
हिम्मत र आदर्श, त्यहाँ संघर्ष,
समाजसितको यो विमर्श ।
जटिल छ रूढ़ीबादसित
संघर्षको चरमसिमामा उ
अहो शरिरका रौं काँप्यो लौ,
कुन सताब्दीमा छौ हामी?
के कति यस्ता कुरो सुन्न
अझ बाँकी छ कथा- व्यथा
छक्क परें म थारूहरूमा,
बादीको सुनी मनका व्यथा।
शरिर नबेच्, लौ यो होईन पेशा
शिक्षा देउ लौ उसलाई निसुल्क
आर्थिक स्वतन्त्रा, छ ठूलो आशा
Comments
Post a Comment