सानी

सानी

तिमी कस्ति आमा!
नानीलाई अरूले लखेटी सक्दा 
निन्द्रा मै छौ ?
जाग अब जाग!
मजबुरीले मुख बन्द भो,
न्याय भन्दा अग्नि पेटको
बारम्बांर जल्दो छ,
न्यानो काख मेरी सानीको
पराईलाई भा,, छ!
तिमी कस्ति आमा!
दिन रात उसलाई यहाँ
कति गाहारो भा छ
खाउँ- खाउँ लाउँ -लाउँ
भन्ने बेलामा आंगन उसलाई
परदेश भा छ,
म सबै जान्द छु तर जिवन
मेरो समय उसलाई नदिई
कहाँ ,,,भा,,,छ?
पेट अग्नि ज्वालामुखी
 बिस्फोटको कगारमा छ
तेसैले मेरी सानी आज
आखा - पाखा भा,,,छ!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you