धनगड़ी

धनगढ़ी

धनी अभरण्यमा
सुन्दर प्रकृति
सुदुर पश्चिम
उकुस - पुकुस
सांसकृतिक साहित्यिक
गतिविधिको प्रस्तुति
थारूहरूको गढ़।

ब्राहमण- छत्रीयको 
परमपरा मिठो पकवान
डडेलधुराको नृत्य,
लवज परमपराको
व्यस्त जोशीका सहपाटी
बाईपङ्खिमा उढ़ाउन
नेत्रित्वको स्वागतमा।

साना सुन्दर बाईपंखिहरू
हिमालको मनोरम
 दृश्य देखाउन,
अर्द्ध गोलाकार भै
जब सगरमाथा
 छेउ उड़दै थियो,
म सोचँदै थिए।

यसरी नै धुवा छोड़दै
रेल पनि गुढ़दो हो,
त याता- यात अझ सुगम,
साहित्यको कुम्भमा
प्रथम चोटी सातौं अञ्चलमा
आफ्ना आफ्ना मनका
अनुभव र व्यथा वादीका।

अहो मनका ग्राफ
हृदयका ग्राफ झै
ढुक ढुकाउदै माथि तल
गरिरह्यो देख्दा युग पुरूषलाई
सुन्दा वहाँलाई उर्जाको श्रोत
शरिरमा फैलन लाग्यो
अहो रामजी! राम राज्य
सृजन मैले त्यहाँ देखें।

समृद्ध टोईन्टी- टोईन्टीको
पर्यटन महोतस्व सफल
र सुन्दर पर्यटक
साहित्यकार ,
साउ-अक्षर चौबिसवटा
लेख्ने लेखकदेखि
हास्य व्यङ्य कलाकार
कवि को थिएनन र!

मैनमारी विद्यार्थीको
जिज्ञाशा,विद्यार्थीहरूको
क्याटरिङ र स्वागत
पहलमान सिहं "स्वार"
भानु तथा श्रष्ठा स्थानिय
आंगनमा, सुन्दर थलो
साहित्य दिगो होस।

खोजिरह्यौ माछापुच्छरे
जब जब नजिक पुग्यौ
हिमालयको ,,,खोजिरर्ह्यौ
सगरमाथा र कन्चनजङ्गा
सोलु खुम्बोको सेताम्मे
पहाड़लाई देख्छौ की
भन्दै थकाली खाएर
चन्द्रगढी तिर गुड़ेको
 पुगेछौ थाह नपाई।

याद आई रह्यो
थेबा र माईच्याङ भै
खुशी व्यक्त गरि
नाँचेको, हाँसेको अनि
ता खुशी व्यक्त गरेको
लौ धनी ,,,, " धनघढ़ी"
फेरी आउने बाचा गरें
मन मनै ऊँ नम शिवार भने।।।👏

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा