प्राथना

प्राथना

आज प्राथनामा एउटा 
कथा छ,
त्यहाँ दुवैको आफ्नो आफ्नै
व्यथा छ।

ती आमा महान हुन जसमा
 मायाको मोती छ,
ती परिवार महान हुन जसमा
शिक्षा ज्योति छ।

एउटा रोगीमा स्वास्थ्य जिवनको
आशा छ,
परिवार कता कता पैसाले अलि
लापर्वाह छ।

ईश्वरले सबैमा सद बुद्धी प्रदान
गर्ने भरोसा छ,
आजको यो परिक्षाको घड़ीमा
सफलताको आशा छ।

जसले कार्यमा निरन्तरता दिन्छ
उसको कार्य सफल हुन्छ
ईश्वरको अनुग्रह पनि उसले
यसै जिवनमा प्रप्त गर्छ।

लौ पितृलाई सम्झना गरौं
देखेको ईश्वर उनै हुन,
सबै हामीले आफ्ना आफ्नै
गुण पाएका पनि उनै हुन।

अस्त्र प्रचारीको हातमा ईश्वरिय
शक्ती चमतकारी बनुन,
जीवनमा आशिर्वाद गुरूको पनि
दुवैलाई अमृत बनोस।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you