कललियुग

कलियुग

हो यस्तो दिन पनि
आउछ भनि अस्सीमा
नै भनेको थियो
 एक लेखकले।

चालिस वर्षपछि
देखिन्छ यसको अशर
ठिक सहरको चिनबाट
लेखक हुन अमेरिकन।

दुई देशमा छ द्वन्द
संसारलाई बनायो मन्द
स्वास्थ्य शरिरलाई चिन्ता
बिछोड़को पिढ़ा अनिता।

राजस्थानको डाक्टरले
ईटालीयनलाई ठिक गर्यो
खुशीको कुरो यो ज्वरो
उ बाँच्यो , कोभित भाग्यो।

चिन्ता के को टन्न खानु
छुट्टी छ घरको नियम मान्नु
सबै आफ्नै तौर तरिका छान्नु
चुलो र आमाको कुरो ठिक ठान्नु।

कलियुग हो बाबै सधै
स्वाईन र बर्ड फ्लु मात्र कहाँ
"मेन- फ्लु" हो प्याज लशुन खादाँ
झुक्रेको कुखुरा दौड़न्छ।

के छैन र" मै तुलशी तेरे आँगनकी,",,
तेज पत्ताको छ सुगन्ध
दालचिनी पत्ता टप्प टिप्नु
भुरलुक्क रातो चिया चुस्स।

कागति सुन्तल्ला फोक्से
नागपुरको, मिरीकको भने
स्वादिष्ट छ बजारमा गने
के छैन सैलानीसित अलि डरे।

अचम्भ युगमा छ प्रवेस
डाक्टर नर्सको हो समय
नाम कमाउने काम गर
आफुलाई पनि राखि पर।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you