प्यारी रानी

प्यासी रानी!

उहिले राजाको राज गद्दी खोस्न शत्रु देश जितदै आएछ! सबै जिती सकेपछि एउटा जित्न बाँकी रहेछ! त्यो एउटा सानो देश! ह्याकुलाले थिचेर लिन्छु सोचेँ छ!
 दुई चार सिमानाबाट चड़ाई गर्न थाल्यो! त्यहाँ त्यो ठूलो संसार जित्ने योद्धा साह्रै विजय हासिल हुन सकेन! लौ अब त् लाज मर्दो हुने भो भनि विस्तारै मित्रताको हात पसारेछ!
त्यो सानो देश तर बलवान देश ठिकै छ भनी ती ठूला देशसित 
मित्रता गाँसेछ!
कालान्तरमा सानो देश की कान्छी छोरी विछट्ट की राम्री राजाले मन पराएछ! लौत अब ठूलो विश्व जित्ने महाराजासित विहे दिएछन र सम्दि सम्दिनी भए!
धेरै बर्ष वितेपछि राजनित न हो ,अरू सबै देश मिली ती ठूला देशका महाराजालाई लखेटेछ! तर बिछट्टकी सून्दरी श्रीमतीलाई भने त्यही छाढ़ी भागेछ! कस्तो निष्ठुरी महाराजा!
 अब बिहे दिएकी छोरी न घरै पर्कन सक्छिन न महाराजाले नै लगे,,,,,,बिचल्नी भै छेवैको देशको राजकुमारले  एउटा सानो कोठोमा सुसारे बनाई राखेका छन! न उसको त्यति मान सम्मान छ! नता बाबूको नाम लिएर हाँस्न सक्छ नता श्रीमानको नाम लिएर गर्भ गर्न सक्छ! विचरी राजकुमारी एक समय की कान्छी महारानी आज न भने जस्तो उसले पिउने पानी नै पाउछे! न भने जस्तो स्वास्थ्य लाभ गर्ने सेनिटोरियम नै छ,बस बाँचेकी छिन त केवल आफ्नो सुन्दरताको चिरहरण गर्दै!
कसैले बुझेन उसको वेदना आज तर उ आज पनि रानी हुन पर्वतकी ,,,,चाउरी पर्न लागेकी छ!असहनीय पिढ़ामा बाँचेकी छ!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा