संसमरन नारी दिवस २०१६सिडनी
अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा घरेलु हिंसा: बिभिन्न देशमा नेपाली साहित्यका खम्बाका रुपमा मानिने प्रतिष्ठित साहित्यकारहरु लगायत बीस देशका प्रतिनिधिहरुद्धारा सहभागिता जनाइेएको प्रत्येक दुई वर्षमा आयोजना हुने अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा काब्य गोष्ठी अष्ट्रेलियाको सिड्नीमा यही मार्च ४, ५ र ६ मा आयोजना गरिएको थियो र यो ऐतिहासिक कार्यक्रममा नेपालबाट त्रिबिबिका पहिलो महिला प्रोफेसर डा. गार्गी शर्मा, भारतबाट विन्द्या सुब्बा, डा. Kabita Lama, हङकङबाट Desh Subba, सिक्किमबाट कवितामा नै पिएचडी गर्ने डा पुष्पा शर्मा, सिलिगुरीबाट डा Latika Joshi, अमेरिकाबाट Padam Bishwokarma, Homnath Subedi आदिको सहभागिता थियो । संभबत अस्ट्रेलियाको मात्रै नभएर दक्षिणी गोलार्धमा नै यो नेपालीहरुको तर्फबाट आयोजना गरिएको यो स्तरको कार्यक्रम पहिलो थियो । एउटै कार्यक्रममा धेरी पुस्तकहरु बिमोचन भएको शायद यो नै पहिलो कार्यक्रम होला सिड्नीमा । पुस्तकको रुप पाउनु अघि नै सबै कविता पढिसकेका कारण भावनात्मक सम्बन्ध भएको Sanu Ghimire को "ग्रहण" ले INLS best book Award पाएर "ग्रहण"को नामबाट थप् उज्यालो छर्ने काम पनि यही कार्यक्रम मार्फत भयो । छुटाउनै नमिल्ने अन्य कार्यक्रमको कारण यस्मा पहिलो दुई दिन मात्रै सहभागी हुने अबसर मिल्यो भने सिड्नीमा नै आयोजित घरेलु हिंसा कार्यक्रममा पनि सहभागी हुने अबसर मिल्यो जस्मा पहिलोपटक 'मृत मुटु'लाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेर विस्वमा नै चर्चा कमाएका डा कुमुद धितालसंग दोश्रो पटक भेटघाट भयो । गोरखा समाज अष्ट्रेलिया को बिषयमा उहाँसंग केही कुराकानी भए हामी दुबै जना यस संस्थाको सल्लाहकार भएको नाताले ।
Comments
Post a Comment