सदा मर्छस किन?

प्रयास तिमीलाई हेर्ने
😎😊😶😏😆

ए तस्विर 
सधै तँ,मर्छस किन? 
तेरै पछि म भागी हिड़छु 
र म पनि मर्दै गरेको हुन्छु सदा ,
तलाईदेखि थाहा पाउछु 
कति मर्छन तेरैपछि
,नयन पागल 
मन अत्रिप्त तेरैपछि
सेल्फी र क्यामारा
सदा तेरैपछि
भोली यो आजको
छबि कहाँ रहन्छ र
त्यसैले ए तस्विर
सबै पागल छन
तेरै पछि पछि
मेरो सोचाई झुट्टा छ आज
तेरो तस्विर हेरी
माया लुट्या छ आज
त्यही तिम्रो पहिचान
तर हेर्न देउ कारण उ
केवल आज बांचेको छ
भोली उ मरेको हुन्छ
केही पल आफ्नै
तस्विरसित बात गरें
तिमी पनि गरी हेरन
कारण यो अरूको हो
तिमीले ऐना नभये
कसरी देखने थियौ आफैलाई
तसर्थ यो ऐनाको हो
यो अरूको हो
तिमी आफैले आफैलाई
साधन बिना हेर्ने गर त्
के सक्छ्यौ र!
त्यसैले त प्रिय छ
यो भोली मर्ने
तिम्रो प्रतिविम्व

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा