हावा हुरी

मैले   देखेका   सपना
पानामा    नपोखेसम्म
ह्रदयमा बांध लागाएसम्म
कल्पना   नदौढ़ाएसम्म
त्यो मेरो   मात्र कल्पना....
तिमीलाई  भनौ    भन्छु
उसलाई सुनाउ     भन्छु
कहाँ केले रोके    जस्तो
हावा हुरीले छेके  जस्तो
मजुली मै रोकीए जस्तो
एक दिशामा वर्षा झमझम
विपरितमा सुर्यको किरण
हुरीले अस्त व्यस्त जीवन
प्रकृति तिमी   शान्त बस
नत्र मनमा आँधी हुरी चले .
तासका   पत्ता    झै झर्ला
सानो        विन्दुमात्र प्राण
स्वाशको पातलो  नलीमा
निस्कन कत्ती बेर लाग्ला
हिजको काल वैशाखी झै.
़़़़़़़़़़़़़़़़़़़़़

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you