यावा कहिले क्यसल्टनको खिड़कीमा तीन दियो जलायौ। पहिले कमिलाको गोला लखेटदै भूगोल सजायौ। कहिले धर्मसकंटमा पर्दा...भागेर कब्रस्थानमा हरायौ। बन्दुक र गोलीको नोकमा आफ्नो भविष्य सजायौ। परिवार सुख दु:ख हस्याङ- पस्याङ चुटकी मैं बितायौ। अब फेरी दियो किन जलायौ खोज्न आफुलाई चौकीमा बसायौ। चुनौति कम छैन मार्ग साङगो- पाङगों तर सपना सजायौ। परिकल्पना बिनाको उड़ान कदाचित होईन यावा! माईल खुट्टी लगायौ। जीवनको दौड़ र खोज तब सकिन्छ जब इतिहास भूगोल बदलाउछौ।।
साचिस त्रिकला संगमको आयोजनामा २०.४.२५ आईतबारका दिन साहित्यकार प्रेम गुरुङ सरको "अक्षरवृत समीक्षा" अनि" अभाषित पश्चाताप" कथा संग्रहको विधिवत लोकार्पन सूके पोखरीमा भयो। त्यसरी नै उपन्यासकार मणि कुमार सर्माज्युको" कलेजी डायरी" अनि "घर संसारका प्वालहरु " पुस्तक पनि फेरी विमोचन भयो। साचिस त्रिकला संगमद्वारा चारजना साहित्यकारसरुलाई सम्मान पनि जनाए। कविता वाचन कवि लतिका जोशी, कवि महेन्द्र श्याङबो,कवि रञ्जीत गुरुङ अनि गजलगो विजय मुखियाज्युले गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार सचिन राई दुमी सरले गर्नु भएको थियो भने ,प्रमुख अतिथि वरिष्ठ साहित्यकार युवराज काफ्लेज्यु हुनुहुन्थ्यो। पुस्तकहरूको समीक्षाको भूमिकामा डा प्रा राजकुमार छेत्री,साहित्यकार तिलक लमसाल,साहित्यकार लक्ष्मन नेपाल अनि साहित्यकार सचिन राई दुमीज्यु हुनुहुन्थ्यो। साहित्यकार मेरा गुरुवर गुरुङ सरलाई धेरै धेरै बधाई तथा धन्यबाद दिन चाहान्छु मलाई पनि साहित्यको अब्बल विद्यार्थीको रुपमा सम्मान दिनु भएकोमा। साथै साहित्यकार बी बी मुखिया सरप्रति आभार ...
Comments
Post a Comment