लेखन कला
किन आफ्नो वालमा लेख्छौ भन्छन
सिक्नलाई हो नी भन्न मन लाग्छ !
कविता कागज मै कोरेको राम्रो भन्छन
हरियो बचाएको नी भन्न मन लाग्छ!
आजका फैसबुके कवि पनि कवि हुन त्?
होईन भन्छन जसले यहाँ लेख्न सिकेनन!
साहित्यले नयाँ तकनिक नअपनाउने त?
ठेली का ठेली पुस्तक घुनलाई मात्र हो!
यहाँ प्रकाशमा आएका पुस्तकमा आउन्न त्
आउन हुन्न भन्ने शब्दकोष त छैन होईन?
भुईफुट्टा फेस बुके कविहरूले साहित्य ढाक्यो
ठूला लेखकहरूको डायसबाट सुन्ने गर्छु
सोध्न मन लाग्छ छोरा कमप्युटरमा राम्रो है!
यो तिम्रो आउने दिनको पेशागत मित्र भविष्य!
डायसबाट बोल्ने हिम्मत छैन गुरूवरहरू छन
तर यो त मैले कमाएको रूपयाँ तोढ़दै छु नी
पाएको सौलियतमा समय वचेको रोप्दै छु नी!
मित्रहरूलाई मनोरञ्ज प्रदान गर्दै छु नी साहित्य!
हो म तिमीसितै बात गर्दै छु नी देवनागीरी,
तिमी मेरो देशको लिपी ,तिमी मेरो मनको लिपी
आज यहाँ डोगरीहरू पनि कनिकुथी पढ़छन
उसको पनि त यही लिपी,फेरी भनत कवि?
तिम्रो पुस्तकको टेलर होईन त यो लेखन वालमा!
टेलर र विज्ञापन विना के पो आउछ प्रकाशमा
Comments
Post a Comment