बिगतलाई फर्की हेर्दा
सैक्षिक, सामाजिक र साहित्यिक क्षेत्रसंग स्थानीय स्तरमा बिगत १४ वर्षदेखि काम गर्दै आएको जरा फाउन्डेसनको बिशेस पहल, संयोजन र नेतृत्वमा आगामी चैत्र २६ गतेदेखि २९ सम्म बंगलादेशको राजधानी ढाकामा हुने तीनदिने साहित्यिक सास्कृतिक कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गरेर १२जना र भारतका एकजना गरि १३जना स्रस्टाहरुको समूह भोलि चैत्र २६ गते अपरान्ह हवाईमार्गबाट ढाका प्रस्थान गर्दैछ / दुवै देशका कलाकारहरुबाट २७गते विविध सास्कृतिक कार्यक्रम र २८ गते कविता वाचन लगाएत चित्रकलाका झाकीहरुको प्रस्तुति रहनेछ / बंगलादेशको प्रतिष्ठित सस्था Root Bangladesh र जरा फाउन्डेसन नेपालले संयुक्त रुपमा आयोजना गर्नलागेको सो समारोहमा प्रमुख अतिथिको रुपमा बंगलादेशका माननीय मन्त्री प्रमोद मनकिन, बंगलादेशकालागि नेपाली महामहिम हरि कुमार श्रेष्ठ,समतो सास्कृतिक केन्द्रका प्रमुख गुलाम कुद्देस, बंगलादेश प्रज्ञा प्रतिस्ठानका Director General समासुजामन खान , सस्कृति मामिला मन्त्रालय बंगलादेशका सचिब- डा रन्जीत विश्वास,ढाका विश्वबिद्यलयका प्राध्यापक निरन्जन अधिकारी, प्रसिद्ध बंगलादेशी कवि रफिक आजद लगाएत नेपाल र बंगलादेशका बौद्धिक समुहको ठुलो संख्यामा उपस्थिति रहने सो साहित्यिक र सास्कृतिक कार्यक्रममा नेपालका तर्फबाट साहित्यकार कृष्ण प्रसाई, कवि ,कथाकार तथा प्राज्ञ- मातृका पोख्रेल,चर्चित कविहरु नरेन्द्रबहादुर श्रेष्ठ ,राधेश्याम लेकाली,श्रीओम श्रेष्ठ' रोदन' प्रधान सम्पादक मधुपर्क,सीमा आभास, fine artiest नगेन्द्र पौडेल, प्रसिद्ध गायक प्रदीप बम्जन, नृत्य निर्देसक पस्मिना श्रेष्ठ ,टिका भण्डारी, पवन पाठक र भारत सिलिगुडीकी नेपाली लेखिका लातिका जोशी रहनुहुने छ / नेपालको तर्फ़बाट नेपाली साहित्यको बारेमा समालोचक महेश पौड्यालले कार्य-पत्र प्रस्तुत गर्नुहुनेछ भने बंगलादेशको तर्फ़बाट सस्कृति मामिला मन्त्रालय बंगलादेशका सचिब डा.रन्जीत विश्वासले गर्नुहुनेछ / बंगलादेशको तर्फ़बाट कार्येक्रमको संयोजन Root Bangladesh की प्रमुख कवि तथा कथाकार शेल्लीसेन गुप्ता र oikko का प्रमुख इम्दादुल हकले गर्नुहुनेछ/
Comments
Post a Comment