माँ-उ,,,,बा-उ
30.5.23

आज उनको जन्मदिन
हामी सधै धुमधामले मनाउँथ्यौ
मैले देखेको "माँ-उ,बा-उ,"
कम बोल्ने धेर बुझाउने
शब्दलाई भाग गरि अर्थ निकाल्ने
छोरा-छोरीका बन्धु
आमाका उनी मजनु,
अल टाईम बन्धु!
समाजका मार्ग दर्शक
साहित्यका चिन्तक
नारी स्वतन्त्रताका पक्षधर
राजनितिज्ञ,जन्म भुमीका रक्षक
एक सैनिक हुदाहुँदै पनि
म त भन्छु उनी एक शिक्षक
बर्माको लढ़ाईमा सबै सुनका मुर्ती बटुल्दा
उनले सुके स्कूलका नानीहरूको निम्ति
खाता पेन्सिल बटुली स्कूल पुर्याउने सैनिक
आफ्नो तनखाको केही हिस्सा
स्कूललाई प्रदान गर्ने ती 
माँ-उ बा-उ,नशादेखि कोशो दुर
परमागढ़ीको बाटो,खेतिको नयाँ स्रोत
रांगभाङ भेल्लीको विद्धुतिकरण
सूकेमा पिउने पानी पुर्याउने पलिकल्पना
आज सबै साकार छन
वहाँले गर्न पर्ने सबै जथा शक्ती काम
सबै सफलिभुत छन वर्तमानमा
त्यस  सगैँ साहित्य र बन्दुको गोलीले
सिमाना सुरक्षा ताक्ने व्यक्तीत्वसित
 जीवन विताएपछि अरू पुरूष
त्यस्तै हुन भन्ने सोचाँई भुल त होईन,
यस्ता माँ-उ,,,,यस्ता,,,,बा-उको आज
शुभ जन्म उत्सव हरेक साल मनाउन चाहान्छु
मेरी आमाको मदन! साहित्यमा सृजन
छोरा छोरीको प्यारो मित्र,गाँउको जेठा!
दिदी बहिनीको आदर्श ,समाजका दर्पन
बासभुमिको पनि शुभ चिन्तक
तेञ्जिङले हिमाल चड़े
तिमीले समाजलाई चुन्यौ
जन्म दिनमा दुवैलाई नमन!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा