नयाँ मार्ग
नयाँ मार्ग
मलाई घोच्ने काँड़ाहरू
मलाई रोक्ने बाधाहरू
मलाई गिज्याउने नाताहरू
तिमीले पन्छाउने गर
म ! म नै भई बाँचेकी छु
सदा तिमीलाई हेरी हाँसेकी छु
आत्मा साक्षी छ, तिम्रो तालमा
ताल मिलाई सदा नाँचेकी छु
हिमालले सदा सुख दिन्छ
रंगीतले सहारा दिन्छ
महानन्दाले खिल्ली उढ़ाउछ
तर म तिमीसित वहेकी छु
मैले तिमीबाट धेरै सिके
तिमी सदा भन्ने गर्छौ
खमा चाई! जान्ते पार्लाम ना
म बाध्य भै जानी सकेकी छु
अनेक बाटाहरुमा म एक्लो
सबै आफ्नै आकाशमा
र धर्तीमा छाई रहने छ
तिमी सहिछाप मैले जानेकी छु
तेसैले तिमी मेरो गुलाबको
काँड़ा हटाई मलाई दिनु
मेरो हिड़ने बाटोबाट
Comments
Post a Comment