बुबालाई पत्र

बुवालाई पत्र!
                  प्रणाम बुवा!
बुबा! यस वर्ष त कोरोनाले सतायो। दाई पनि तपाई भए कहाँ पुग्यो होला भन्छु। तपालाई सदा आमा र दादासितै सपनामादेखि रहन्छु। तर तपाईको भाषा म बुझ्न नसक्ने भएको छु। 
सुकेमा घर जलेर खाक हुदा तपाई भन्नु हुन्थ्यो, लतिका सुके साह्रै मैला भएको थियो, प्राकृतिक प्रकोपले नै सफा गरिदियो। तर त्यस ठाँउमा फेरी हामीले घर बनाउन सकेनौ। आज त गईरी टोलमा मलाई चिन्ने धेरै कम छन कारण म तपाईसित मधेश झरे, यहाँ सबैले चिन्छन ।
     पहाड़मा जस्तो तर सोझो मानिस यहाँ छैनन,न नै सफा छन, बाटाका किनारमा पिशाब गर्छन, के तिनीहरू सफा हुन त्? 
तपाईले गोर्खाल्याण्ड देख्नु भएन तर तपाईको ईच्छा धेर जसो पुर्ण गरी जानु भो, आमासितै केवल छ महिनाको अन्तरालमा, तर दादाले त यो नराम्रो कोरोना कालमा भोट हालेर आएर त्यसको परिणामसम्म पनि सुन्न पाएन  ।
 बुवा! तपाईको जमाना राम्रो थियो यो भाईरस नभएको समयमा नै जानु भयो।
तर दादाको निम्ति हामी दिदी बहिनी थियौ अस्तुसम्म घर ल्याउन सक्यौ , हाम्रो पालामा के होला भन्ने कुरोले सताउछ।
बाहिर निस्कनसम्म नपाईने भयो।घर बन्दी भई बसेका छौ।कहिले यसको निवारण होला भन्ने आश लगाई बसेका छौ। 
 यसले नयाँ नयाँ पाठ हामीलाई सिकाई रहेछ। आमाले जस्तो साफ सफाई गर्नु भन्छ। तर घाँटी निमोठेपछि दिउसै ऐठन पार्छ बुवा! 
स्वर्ग छ छैन थाहा छैन, नर्क छ छैन थाहा छैन, तर जहिले पनि मलाई दुःखलाग्छ, तपाईहरू सपनीमा आउनु हुन्छ, र कहिले काँही सपनी प्यारो लाग्छ बुवा!
सबैले भन्छन,तपाई साह्रै राम्रो मान्छे भनी, अनि हाम्रो निम्ति पनि तपाई प्रिय बुवा, छोरीहरूका बुवा,आमाले दादालाई धेर माया गर्थिन, तर तपाई छदा हाम्रो मन ठुलो हुन्थ्यो। तपाईले नानीहरूलाई सेन्टपमा नरोक्नु भनी भन्नु हुन्थ्यो,मेरो पालामा त फाईनलमा पनि सबैलाई छाड़ीदिएको छु बुवा!
पहिले हामी कुशे औंशीमा, बाबा दिवस मनाउथ्यौ, आजकल सामाजिक सञ्जालले बाहुनले पात्रो पल्टाए झै सबै पर्व देखाउने गर्छ, तसर्थ तपाईलाई अन्तराष्ट्रिय पर्वहरूमा पनि सम्झना गर्ने मौका मिल्छ,हुनत तपाईहरू गएदेखि तपाईहरूकै नाममा सदा "पितृ देव भव "भनि पुजा गर्ने गर्छु।
 तपाईको समयमा राम्रो काम गरे मलामी पनि धेर हुन्छन भन्ने कथन थियो, तर आजको गनथन बुवा! त्यसको ठिक विपरित बनायो, न ता अश्रु ग्यास छ, नता बम गोलाको आवाज केवल सहर निसपट्ट शुनसान, मानिस हराएको युग जस्तो छ।
 सुकेमा आगो लाग्दा सहर सफा भयो  भनि तपाईले भने झै यस युगमा पर्यावरण सफा भो  म भन्न सक्दिन।भाउजु रोएको देख्दा दाई छैनन भन्न हम्मे पर्यो नी बुवा! तर जे होस तपाई धेरै याद आई रहेछ आज!
धेरै धेरै माया छ, म यति नै भन्न सक्छु तपाई तीन जना वहाँ हामी तीन जना यहाँ,सन्तुलन, समिकरण मिल्यो की केही समयको निम्ति,तर तपाईहरू सदा सपनामा आउनु अनि सदा मार्ग दर्शन गर्नु होला बुवा!

तपाईकी माईली।
Letter to father
 Dad!  This year, Corona persecuted.  Dai, I wonder where you are.  I will always dream of you with my mother ,  But I can't understand your language.
 When the house was burnt to ashes in Sukhia Pokhari, you would say, Latika Sukhia was very dirty, it was cleaned by a natural disaster.  But we could not build a house in that place again.  
Today, there are very few people in Gairi Tol who know me because I came here  with you in plain, everyone here knows me.
 But  the simple people like in the hills are not here, nor are they clean, they urinate on the side of the road, are they to be clean?
 You haven't seen Gorkhaland, but your many wishes has come true, with  mother only six months apart, but Dada cast his vote and even can not hear the result of  vote in this bad Corona period .
  Dad!  You had a good time, you went when there was no virous.
 But for our brother,we  were able to bring his "Astu" at home, we are worried about what will happen in our time.
 You can't even go out.,we are in luckdown period . we've been hoping for a solution.  But virous teaching us a new lesson.  He says to stay clean like mother.  But if we suffered from it then the life will end, father!
 I don't know if there is heaven, I don't know if there is hell, but whenever I feel sad, you come in my dreams, and sometimes dreams are sweet, father!
 Everyone says that you are a very good person, and for us too, you dear father, father of daughters, mother loved dai  very much, but when you were there, our hearts would be big.  
You used to tell the school managment that not to stop them at the Sentup or pre boards,, in my time I have left everyone in the finals, Dad!
 In the past, we used to celebrate Baba Diwas in Kushey Aunshi. Nowadays, social media shows all the festivals like as the Brahmins turn the calendar, so you get a chance to be remembered in international festivals as well.  
There was a saying that if you do a good job in your time, there will be a lot of malami, but at present father!  it is just opposite of that, there is neither tear gas, nor the sound of bombs, the city is just deserted, like an era of lost people.
 And I can't even say that the city was clean when the fire broke out in Sukhia Pokhari But in any case, you are very much missed today!
 There is so much love, I can only say that you three were in heven and,  three of us are here, got the balance, the equation for a while, but I wish  you will always come in dreams and always guide me father!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा