रंग
रंग
तिमीले दिएको हरेक पाईलाका रंगमा
म बाँचेकी छु।
तिमीले कोरेका ती बहु रंग बक्र रेखामा
म हाँसेकी छु।
तिम्रो अत्यचारले कोरेका सिमा रेखासम्म
म नाँचेकी छु।
तिम्रो अनुशासनको हरियो रंग रंगमा मैले
गीत गाएकी छु।
जीवनका हरेक रंगका पानाहरूमा नी मैले
चित्र कोरेकी छु।
मान या नमान मेरो रातो समयले तिमीलाई
स्वतन्त्रता दिएको छ।
तिम्रा कटु बचनले हेरन आज म ह्रदय घात
हुनबाट रंगिन जीवन साँचेकी छु।
मेरो लघु संख्यामा कालो ज्वाला बिस्फोट हुदा
ट्वाल्ल परि हेरीराकै छ।
भविश्यले पछ्यौटे पन अपनाएको देःखदा
कतै दुःखी भाछु।
तर हरेक रंगमा मैले एउटा रंग पोतन् नसक्दा
कहाँ कायर सझ्या छु र!
यो रातो र सेतो रंग बिचको यात्रामा मैले सदा
ईन्द्रेनि रंगको चुनाव गरी राख्या छु।
तिमै समय आज साक्षी छ हेरन् बिछोड़मा
तिम्रो तरल रंग देख्याछु।
वन्दुक- गोलाको कालो रंगमा म दौड़ी रहदा
रातो रंगमा तिरंगा ओड़्या छु।
के दिन्छौ तिमीले मलाई मैले जीवनका हरेक
परिश्रमका हरित क्रान्ती दियाछु।
सानो कुरो मांग्दा राजनितका रंग विरंग किन
देखाउने गर्या छौ!
केही नमांगि शान्त बस्दा पनि ईन्द्रेणी रंगको
विभिन्न शिक्षा दिया छु।
मेरी आमा डराउन्न मृत्युको रंगदेखि नत्र पैसा
कम छैन व्यपारकै रंगमा।
पंहेलो वस्त्रको रंग गुणमा पनि लस्कर लागि
आध्यात्म देख्या छु।
यस्ता रंग विरंगका पाईला पाईलामा तिम्रो
चरित्र कोर्या छु।
मयुरी रंगको मौसमी वर्षातको अन्तरालमा
हरियै भै बाँच्या छु।
चुनौतिहरू कम छैनन् जीवनमा तरै पनि एउटा
Comments
Post a Comment