परिवर्तन
हेर्दा हेर्दै
समयले कोल्टे फेर्छ
उ हिढ़े जस्तो लाग्छ
तर चप्पल जहाँ छ
त्यही नै छ.....
उ बोले जस्तो लाग्छ
तर त्यो उ होईन
झझल्को र सपना
बिपना भन्दा
अमर पो हुन्छ क्यार
मनमा सम्हाल्न
कति गाहारो छ
त्यो अनुभव
स्पर्शका छापहरू
यसो सुमसुम्याई हेर्छु
तर झसङ हुदा
त्यो हिज होईन
न नै त्यो भोली हो
तर उ सितको सम्झना
आउने दिनहरमा
झल्यास्स झल्यास्स आउदा
आँखा चिम्ली हेर्छु
मुस्कुराउदै प्रश्न सोध्न खोज्छु
उ कतै हुन्न..
फर्की हेर्छु हाँसे जस्तो लाग्छ
मौन ममबत्तीको
टिल बिल टिल बिल
लप्काले मलाई गिज्याउछ
फर्क अब फर्क
अबका आउने दिनहरूमा
तिमी अब एक्लो छौ
सत्य तितो छ तर यथार्त
हो म आज एक्लो छु
भोली उ पनि एक्लो हुनेछ
तिमी पनि ता होईन र??
हेर्दा हेर्दै
समयले युग बदल्छ
मेरो अस्तित्व बिलिन हुन्छ
राम्रा राम्रा कुराले
रिक्त स्थान ओकटन थाल्छ
अनि यो मनैले महरम लगाउछ
आखिर म भित्रको
उसलाई खोस्न नखोज
कैदछन ती पलहरू
छितिज सत्य नहोला
तर स्पर्श र स्नेह
माया ममता साथ छ
हेर्दा हेर्दै
समयले कोल्टे फेर्छ
फेरी नयाँ युग आउछ
जहाँ म ......म हैन
केवल उनिहरू मात्र
फेरी मिठा मिठा कल्पनामा
Comments
Post a Comment