शुभकामना

दिल्ली

तिमीले भोट पाएपछि
भुल्छौ हामी दार्जीलिङ्गेलाई
तर हामी रमाउने गर्छौ
प्रगति डिजीटल भारतमा!

वाधा र आश्वासनमा जिउने गर्छौ
तर अगष्ट महिना पावन दिनमा
हाम्रा सहिद र सिमाबललाई
सम्मान गर्ने गर्छौ!

एक एक गरि घरलौरी
छन सिमानामा अमन चैनको
गाथामा सबै भन्दा बड़ी हामी रमाउने गर्छौ !
दिल्ली भुल्छौ किन??

साधं- सिमाना बलियो भए
हरियो परियोले टम्म भए
शान्त मनले सर सफाई गर्न -
विशाक्त जिवजन्तुलाई, छोरोहरू पठाका छौ सिमामा!

सार्वभौम सत्तामा सुनको चमच लिई
यो धर्तीमा अवतरण भ्एको मेरो मातृभुमीलाई
दार्जीलिङ्ग सदा गर्दछ,
सत सत नमन! सत सत नमन!

ए आमा दिल्ली! कहिले त
फर्केर हेर यो दार्जीलिङ्गलाई
कहिले यसको पनि राजधानी बन्ने हो?
यहाँको पनि मुख्य मत्रीले, तिरंगा फहराउने हो दिल्ली!

आशा भरोसा र ईन्तजार छदैछ मनमा
देशको अमन चैनमा एक एक बुँद
गोर्खाको रातो रगतले सदा सिचने छ
स्वतन्त्रताको रक्षार्थ सदा अघी छौ! बन्धे मातरम! जै हिन्द !!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा