आज मौन छु

आज मौन छु
🙉🙊🙈

तिम्रो मृत्युले मलाई
 नछोएको होईन
तर तिम्रो कालो करतुत
मौनता भित्र दफन थियो
भुल्न सकिन।

दुई थुङ्गा फुल श्रद्धाको
दुई शब्द ऊँ शान्तीको
यी शब्दहरू चड़ाउनै सकिन
 बाला पनको पिढ़ा आलो भो।

तिमी  साहित्यको आदर्श हौ
तर सबैसित एक नाशे सम्बन्ध
कँहा हुदोरैछ र जीवनमा
र आज  मौन छु।

अध्यारोको फाईदा लिन खोज्ने
एउटा चप्पल हातमा लिएर
भाग्न बाध्य गराउने
मनोवैज्ञानिक कष्ट दिने।

एउटा मानिसको अवगुणले
शिशु ह्रदयलाई कष्ट दिने
प्रवृत्ति तिम्रो मानसिकता
त्यसैले शव यात्रामा मौन छु ।

आज जान्द छु
दैवसित पारपाचुके छैन
मानसिकतासित विरोधाभाश
कालोदिन तिमीसितै दफन होस
त्यसैले आज यो मौनताको होहल्ला ।
🙉🙊🙈

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you