आपनी साधारण मानुस नन

आपनी साधारण मानुस नन"

आज  एउटा स्कन मन्दिरका पण्डित बंगाली भाषी आएर यो फोटो हेरेर त्यसो भने। मैले सोंचे किन यो फोटो हेरी यसो भने भन्ने प्रश्न मनमा आयो अनि अलि धमिलीनु लागेछ र यसलाई शुरक्षित गरौ भन्ने सोंचे अनि ती ईतिहास पनि सेयर गरी राखौ भोली कसैलाई काम आउला।
यो एउटा ईतिहास बोकेको फोटो फेरी धुमिल हुन लागेछ र यहाँ साझा गरें किन भने मार्क जुकरबकको यो एलबममा धेरै स्थान र सुरक्षा कवज पनि छ।
यहाँ धेरै हस्तिहरू जसले समाज सुधारको निम्ति योगदान दिए अनि परम धाम गमन गरिसकेका छन। धेरै आज ओछ्यान परिसकेका छन भने धेरैले अझ समाज सेवा जारि राखेका छन।
17. 9.2004 को कुरो हो। भूगोल श्रेणी एघार बाह्रको निम्ति लेखिएको  पुस्तक थियो। भव्यताका साथ विमोचन भएको हो। नेपाली पाठ्य पुस्तकको सेण्डिगेट बनाउने हाम्रो परिकल्पना थियो तर कांश चिनारीको ज्वरोले घुमाएर आजसम्म यस्ता अहम कामहरू थांतिमा नै रहन गयो। अभाव कहाँ छैन र चारैतिर छ। साहित्य ठेलीका ठेली लेखिदैं छन। स्कूल सबै भटा भट अग्रेजी माध्यम गर्न बाध्य छौ नत्र बन्द गर्नु पर्ने हुन्छ।तर पनि यस पुस्तक प्रकासन हेतु लक्षिणकी लक्ष्मी कै बाहुलीबाट भएकोले पुर्ण आशिरवादका साथ प्रदान गरेकी हुदा चौथो एडिसनसम्म प्रकाशमा आउने मौका पायो।
त्यसपछि पनि धेरै भाषा र साहित्यका पुस्तक जन्माउन यसले ठुलो प्रोतसाहन प्रदान गर्यो। आज यसको विमोचन भएको चौदह वर्ष लागेछ। प्रायः प्रायःयतिका वर्षमा त्यतिवटा नै पुस्तक जन्माउन म सक्षम भए।
मलाई चिन र जापानको ईतिहास र वर्तमान हेर्दा यस्तो लाग्छ के उनीहरू आफ्नो भाषामा पढ़ेर तकनिक दुँनियामा अघी छैनन र?
भारतमा पनि हिन्दी भाषाको प्रचार प्रसारले आज बिहार, र यु पी का विद्यार्थीहरूले धेरै ठूलो होद्दासम्म सरकारी नौकरी हत्याउनमा सक्षम भएका छन।
भनेपछि हिन्दी र नेपालीमा व्याकरणमा पार्थक्य भए पनि धेरै कुरो मिल्दो जुल्दो छ। यो देशको राजकीय भाषा हो। जसमा विज्ञान,र तकनिकका पनि धेरै पुस्तक छन, जसको सहयोगले हामीले धेरै पुस्तक अनुबाद गर्न सक्ने थियौ। जसले हाम्रो समाजमा धेरै सहयोग पुग्ने थियो।
हामीले धेरै यस्ता आफ्ना बजारहरू आफै बन्द गरेका छौ अग्रेजी भाषाको होड़मा।
हुदै नहुने केही होईन।उदाहरण स्वरूप भुटानलाई लिन सकिन्छ।एक समय भुटानीहरूले अन्य सबै जातिलाई देशबाट लखेटे नेपाली लगायत, त्यो हाम्रो निम्ति नराम्रो कुरो थियो तर आज उनिहरू विश्वमा शिक्षा क्षेत्रमा धेरै उन्नती गरेका छन विश्वको शिक्षण सरवेक्षण तथ्याकंले बताउछ। उनिहरूले अग्रेजी संग संगैं आफ्नो भाषालाई पनि त्यति नै चावले सिके अनि अप्नाए।
अब मनमा प्रश्न आउन स्वभाविक हो के यस्तै हाम्रा भाषा बोल्ने अन्य देशहरूले यतातिर ध्यान दिएका छन या छैनन्। हुनत त्यो वहाँहरूको सोंच हो तर डायसफोरामा भने यसको चर्चा परिचर्चा हुन्छ। अग्रेजी  तथा अन्य भाषा सिकेर रूपयाँ कमाउन विदेशिएका हाम्रा भाषीहरूलाई पनि नानीहरूले आफ्नो भाषा भुल्दा विसमात लागेको मैले अनुभव गर्ने मौका पाएँ जब अष्ट्रेलिया, जापान, बंगलादेश पुगेर हाम्रा परिवारहरूसित भेटें।
यो एउटा अति गहण विषय हो जस्तो मलाई लाग्छ। साहित्यले मात्र यसलाई टेवा दिन सक्दैन।नेपाली भाषा कै प्रयोग गर्न नेपाली विशेष भाषा अनुसन्धान प्रयोगालय हुन पर्छ।
दार्जीलिङ्ग र सिक्कीमको सरकारी एउटा भाषा नेपाली हो। हामीले नै एउटा स्कूल नभएर प्रयोगशाला खोल्न पर्छ होला जहाँ अनुबाद पुस्तकालय होस अनि त्यसको प्रचार प्रसार होस।
मेरो अनुभव, आई ए एस, डबलु बी सी एस, गरेर आएका अफिसरहरू जब दार्जिलिङ्ग आउछन त्यस समय उनीहरूले पनि नेपाली भाषा सिक्ने तालिम लिन पर्छ। मैले पनि छ महिना एक जना आईएएस र आईपीएसलाई पढ़ाएकी थिए उनिहरू हिन्दी भाषी थिए। 
तर उनकी आमा छेवैमा बसेर मैले पढ़ाको सुन्ने गर्थिन।एक दिन उनले मुख खोली हालिन र भनिन "क्या आप नेपाल से हैं?" विचारा आईएएस र आईपिएसको अनुहार मेरो छेउँ अलि लज्जित भए जस्तो लाग्यो र मैले हाँसी मात्र दिएँ अनि' बेटा और बहु से पुछिएगा मेरे जाने के बाद' भनि दिए!  हो यो फोटोले मलाई यस्तै यस्तै कुरोको याद आयो तर टेक्स बुक नेपाली भाषामा डाक्टर, ईञ्जिनीयर , र आईएएस आईपिएसका निम्ति पनि कति आवस्यक छ। बुक सेन्डिगेडको परिकल्पना साकार भएको भए कति राम्रो हुने थियो होईन र! मेरो बिचार मात्र हो अन्यथा नमान्नु होला, त्यसै गफ सप हो।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you