बोनस

बोनस 

बोनस त त्यो हरियो
पत्ति, चोर औंला र 
बुड़ी औंलाको खेल हो
पेटको यात्रामा थप सुख यो।

झट्टारोले निभ्दैन आगो
पेटको सुत्र अलग्गै छ हजुर!
ति मुनाहरूसितको माया हो
हाम्रा पुर्खाको आस्थाको यात्रा हो ।

स्लिम टि, ओलोङ टि, मिक्स टि
भन्दै नाम दिदैं स्वाद लिदा
बिचारा यी कर्मिहरू रूझेको
तिमीले कहाँ देख्छौ र!

कति निष्ठुरी छ तिम्रो तन्त्र
भोको पेट खटेको देख्दा
कहाँ राखी आँउछौ मानवता
जब बस्छौ घुमाउने मेजमा!

कलम किन लरखराउछ ?
तिम्रा शब्द लहरहरू टिकेन
किन बीसले स्थान पाएन
प्रश्न छ दशैंमा पौरखी हातको??

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा