प्रेम

प्रेम

तिमीसितै गरेको हो प्रेम
हाँसेको- नाचेको हो मैले
मायाको सागरमा डुबुल्कीले
 यात्रा सुगम गरेको हो मैले।

एकै पल एक्लै सम्झने गर्छु
आज पनि कहाँ भाग्न सकें
भेट्ने र हाँस्ने ईच्छा गर्ने गर्छु
टाढ़ैबाट म मुस्कान छर्ने गर्छु।

टाड़ा अति नै टाड़ा छौ तिमी
आउछौ नी हुरी झै सम्झनामा
झस्काउछौ कल्पनामा तिमी
सुमसुम्याउछौ निन्द्रामा तिमी।

भमराको भुन भुनमा छौ तिमी
पतझड़को खनकमा पनि छौं प्रेम!
चन्द्रमाको मुस्कानमा छौ तिमी
शुर्यको  तापमा  टाढ़ामा  तिमी।

माटो बनी  पाईला पाईलामा
हिढ़ेको छौ तिमी छायाँ बनी
हामी एक बनी गाँसेको प्रेम
यही गठबन्धन मै छौ हामी।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you