ऐठन


यो रातको दुँनियामा
केही त अवस्य हुन्छ
मलाई आज रात भरी
ऐठन पार्यो के थियो 
म भन्न सकदिन
तर अनुभव यस्तो थियो,,,,

म घरको लाईट जलाउन
सुईचतिर हात बढ़ाउछु
कोठाका दुबै सुईजले
लाईट जलेको संकेत दिएन
बुड़ोलाई झक झकाई हेरें
मस्त निन्द्रामा छन,,,,

छामछाम छुम छुम गर्दै
कोठादेखि बाहिरतिर लागें
अचानक  ठुलो आलमिरा
कसैले म तिर डकेली दियो
म दुई हातले थामि राखे
पछिलतिरबाट मेरै श्रीमान
गललल् हास्छन मानो
मसित जिस्कदै छन,,,,,

त्यसै समय फोनमा
सानो नानी खितितिति
हाँसेको आवाज मेरो कानमा
गुञ्जिरहेको छ
मनमा दुविदा फोन उठाउँ त
आलमिराले मलाई चोट पुर्याउने
नउठाउँ त त्यो मेरो फोन
कसले चलाउदैछ
यति राती भन्ने मनमा जिज्ञासा,,,,

केही छनपछि झ्वाट्ट 
केही चिजले छाड़े जस्तो भयो
साँचो रूपमा लाईट जलाएँ
समय रातको दुई तिस भएछ
अनुहारमा मेरो पसिनै पसिना
बुढ़ो छेवैमा घ्वार घ्वार
मस्त निन्द्रामा छन
यो के थियो यति बेरसम्म
एउटा ऐठन केवल,,,,,,

तर थियो भयावह रातको
के यस्तो तपाईलाई पनि
अनुभव हुन्छ कहिले काँही
सरिर तातिएर ज्वरो
र सरदीले ग्रस्त थियो
अनिता एउटा ज्वरोको
दावाई खाएर फेरी
म त्यही स्वप्न संसारमा
डुब्न पुगे केही बेर,,,,,

Comments