मायाकाे दुर्बिन

मायाकाे दुर्बिन।

दार्जीलिङ र कालेबुङ जिल्लाका गाउँ गाँउसम्म 
फाईप जी पुगाेस म त भन्छु,
 ईञ्जीनियर माईला , घर फर्कन्छ।

अनुभव लिएर "लाप्चे जेठा"बाजेकाे जमिन कमाएर ,
दस जनाकाे चुलाेकाे जाेहाे गर्दै छ,
सुन्दर फाम हाउसमा नेवारा फल्दै छ।

 "छेत्रीनी कान्छि" घरजम नगरी, उदाहरण छ!
बुढी आमाकाे हेरचाह गर्दै फूल बगानमा
लाखाै' कमाउदै छ, रिल र गीत सँगै।

अल्लरे ठिटाेहरु "गाेर्खा हाट" लिएर मदेश लाग्याे,
सुन्दरी छाेरी चिया बेची कलेजमा छ,
उदाहरण कम छैन हजुर!देख्नुमा ताल पर्याे।

छात्ती भरी पैराे छ,हतारमा मधेश छाेढ्यौ´,
आज सर-सुविधाकाे निम्ति गाउँ- ठाउँ छाेड्याै
तर, शुभ कामलाई ढिलाे कहिले हुन्न,तिमी फर्क !

उदाहरण लछेप्रै छन, परदेशीलाई फर्काई ल्याउन्
लाैन ! बाटाे, विजुली,पानीकाे निम्ति ईमान्दार बनाै!
परिश्रम तअल्लरे ठिटाे, जेठाे,कान्छी सबैकाे छदैछ।

भारतकाे सिलिकन भ्याल्ली,सुन्दर माैसमले बन्याे,
हाम्राे पहाड-तराई के कम छ सुन्दर माैसम यहाँ!
फल,फूल र जंगल सुन्दर परिवेस छ यहाँ।

हाम्रा "ब्रेन डेनलाई" फर्काउँ भन्छ "मुहान" राई गाँउमा,
टिस्टा र जलढक्का उर्लन्छ ,उर्जा बग्याे मधेशमा!
असला-बुदुना अलपत्र छ के खाेज्दै किनारमा??
 
मायाकाे दुर्बीनले के के नै देख्छ... गाउँ हिडेपछि...
मैले त!साचाे बाेले जस्ताे लाग्छ,के बुझ्याै साथी?
लाै यस्तै छ पहाड- तराईका  कुरा भाँती - भाती।।

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा