शैशव

शैशव

( सम्झना सुके पोखरीलाई)

कुहिरो लागेको बिहानी र सुनौला किरणहरू हुँदै, 
जहाँ हाँसोका खित्काहरूले बाल्यकालमा सपना बुन्छ
किसिएको जमिनमा खाली खुट्टा बाटाहरू, 
उकाली ओह्रालीमा आनन्दको प्रतिध्वनि सुनिन्छ। 

धुप्पीका रूखहरूले मीठो बालगीत गुनगुनाउँछ 
जसरी कुईरो संगैं हावा नाच्छ र स्वागत गर्छ, 
बादल धर्तिमा ओर्लि कथा लेख्ने गर्छ
सेताम्मे आखिभौ भविश्यको सपना सजाउने गर्छ। 

चिसोले बन्द भएका ढुङ्गाले ढाकिएका घरहरू, 
भिजेको माटो, चिया र कोईलाको गन्ध, 
मैनबत्तीको उज्यालोमा बुबा-आमाका कथाहरू, 
पहाडका मिथकहरू ,हमजाएगाका कथाहरू। 

यति अग्ला पहाडहरूमा बिताएको बाल्यकाल, 
असीम नीलमणि आकाश मुनि, 
समयको अँगालोले नछोएको संसार, 
त्यो हराएको ठाउँको लागि तिर्खाउने यो हृदय। 

आज फर्की आउदा सुके रमाईलो माईति गाउँ
कठै बरा हाम्रो भविश्य कोर्नै खरिमट्टीहरू
धेरै जसो सायद माटैमा बिलिन भए होलान,
दर्ह्रिलो  ठिङ्ग उभिएका गुरूहरूलाई सम्मान गर्छु।

कुहिरो उघारी हेर्दा सम्झनाका कोशेली बोकी
आज सम्झना गर्नै साचिसलाई नमन गर्ने  गर्छु
मेरो कार्यदेखि खुशी हुने मायालु मनहरूलाई
सत सत नमन र शुभकामना दिन चाहान्छु।

कुहिरो उघारी हेर्दा धेरै कुरो बदलिएछ तर
थोते दाँत लिएर बस्ता बजाउदै क,,,ख सिकेको
स्कूल कुदेको हिजो जस्तो मात्र लाग्छ
आज दाँत झरेर फेरी सेताम्मे छ मन।

उजेलीको खोजीमा कुहिरो चिर्दै साहित्य बोल्छ
अनिता मिलनको पलका चिसो हावाको स्पर्ष
कुहिरो भित्र भित्रै अक्षरहरूको छडके वर्षा
हिमपातको सकेत कुहिरो उघारी हेर्दा।

फर्किने होईन ती दिनहरू तर विसल वज्दा
फालिन लाईनमा आज पनि म ठिङ्ग छु
गद गद मन कुहिरो भित्र, सुन्य छ मित्र मिलन
प्रेम सरको ,सप्रेम आशिर्बाद अझ शिरोपर।

 कुहिरो उघारी हेर्दा साहित्य मै बहेछ मन
सम्झनामा आखिर प्रिय छ शैशवका जन
प्रिय छ यो वाङमय धर्ती आकाश र सृजन
फूलेछ चाप गुराँस यहाँ,कुहिरो उघारी हेर्दा।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you