आउन् माया गर परदेशी

संगीतकारहरूको निम्ति
कोही छन की??????😊😊

तिम्रो यादमा म छु बसेकी
भीजेर भएनी आउन निष्ठुरी
पल पल बस्छौ तिमी ह्रदयमा
गाउन् देउ गीत लौ सावनमा

धर्ती आज रमाएको देखे मैले
पानीका छिटासित  माटा उफ्रे
मिलन त्योदेखि म पनि रमाउन
तिमीसितको मिलन कुरेर बसेछु

कति धाउछौ   छाउनीमा मात्र
यहाँ पनि त थियो थैलिमा पैसो
जवानी मेरो कुरेरै बितिगो जाबो
तिमी मौन छौ म यहाँ बेहाल छु

पानीका थोपासितै विलाए रहर
अषाड़ र सावन बनी तिमी आउ
मलाई भिजाएर जाउ  एकै छन 
तिम्रो बिछोड़को आँशु पिलाई देउ

धर्ती झै आज रमाउने रहर मेरो
तिमीलाई कालोबादलमा खोजे
आउन प्रिये मायाको कोशेली बनी
गाउन देउ  गीत झरी सावन बनी।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you