आउन् माया गर परदेशी
संगीतकारहरूको निम्ति
कोही छन की??????😊😊
तिम्रो यादमा म छु बसेकी
भीजेर भएनी आउन निष्ठुरी
पल पल बस्छौ तिमी ह्रदयमा
गाउन् देउ गीत लौ सावनमा
धर्ती आज रमाएको देखे मैले
पानीका छिटासित माटा उफ्रे
मिलन त्योदेखि म पनि रमाउन
तिमीसितको मिलन कुरेर बसेछु
कति धाउछौ छाउनीमा मात्र
यहाँ पनि त थियो थैलिमा पैसो
जवानी मेरो कुरेरै बितिगो जाबो
तिमी मौन छौ म यहाँ बेहाल छु
पानीका थोपासितै विलाए रहर
अषाड़ र सावन बनी तिमी आउ
मलाई भिजाएर जाउ एकै छन
तिम्रो बिछोड़को आँशु पिलाई देउ
धर्ती झै आज रमाउने रहर मेरो
तिमीलाई कालोबादलमा खोजे
आउन प्रिये मायाको कोशेली बनी
Comments
Post a Comment