उन्मुक्त हाँसो

उन्मुक्त हाँसो

लक डाउनको
उपलब्धि भरचुवल
संसारमा भरचुवल
हाँसो, एकल
 खिच्न सिकायो
काम के छ, हाँसौं 
अनिता झुक्काउन
भाईरसलाई,
भरचुवल भै
बाँचौं,
लोकल र भोकल
पनि कुरो आउछ
जरा खोज्नु पर्छ
भुल भए मेट्नु पर्छ
चिन माथि भोकल
हुनु हो या त दुरी
कायम त गर्नै पर्यो,
यो चंचल मनलाई
मास्क बिहिन दुई पल
केवल उन्मुक्त हाँसो
नदिकन मन पनि त
छ चंचल के खोजे
जस्तो गरिरहन्छ
निक पोईन्टमा
पुर्याई भुत पल्टाई
वर्तमान हाँसो
भरचुवल हाँसो
हाँस्न लगाई
थुमथुमाउछु
आफैलाई आज भोली
सिहार सुसार गर्न
थालेकी छु, तिमीले नी
के गर्दै छौ साथी ?
हाँस्न, नाँच्न,र गाउन
नभुल्नु है साथी!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you