Posts

Showing posts from August, 2025

पत्र तलाई

Image
पत्र  तलाई! धेरै अभ्यास लेख्न गरिसकेपछि सुन्दर अक्षरले पत्र तिमलाई लेख्ने रहर थियो समय यति विति गएछ जस्तो पत्रलेखि पोस्ट गर्न चाहे धेरै अबेर भई सकेछ पोस्ट मास्टरले काम छोड़ी सकेछ पोस्टअफिसमा ताल्चा लागेछ। मेरो प्रियतमलाई ईमेल गर्न सिकाएँ मेरो पत्र पढ़ोस र छिट्टै पत्रोत्तर दिउन भनी, केवल टिट- टिके मोबाईलसम्म मात्र खेलाउन सिके फोन सुन्न र गर्न सिके, फोन गर्न भनी एकान्तमा उभिएँ रिङ लाग्यो तर फोन उठेन धेर अबेर भएछ क्यार उ अब बहिरो भएछ। हस्याङ पस्याङ गरी चड़े ल्याण्डरवरमा ट्याक- ट्याके विग्रेछ की क्या हो चक्का अघी गुड़न मान्दै मानेन यसो उभो हेरे टक्क चन्द्रमा लागेको थियो एउटा वृक्षपछि लुकेर मलाई हेर्दै भन्यो मलाई झक- झकायो यो राखी होईन होली हो थाहा छैन होलिका जलि सक्यो। हँ ! म झसङ्ग भए र गाड़ी ठेल्न थाले त्यो धुप्पीको बाकल माथी ब्यारिङ गाड़ीमा चड़ी ओह्रालो गुड़ेको याद आयो त्यो पापी एउटा काँटीले स्वाट्ट उसको आँखा नेर खुन पच्छे भई चोट लागेको यादले झस्के म गुड़दै गुड़दै तल पुगी जामा टकटकाएँ उसले सोध्यो! तलाई चोट त लागेन ?  कस्तो हँ ! तैले आफुलाई सम्हालिनस् आफ्नो पर्वाह गरे...

नशा

Image
सदाको नाटक खिड़कीबाट वोल्छ नशा सलबलाएपछि म को हु भुल्छ दुध मुखे बालकको हाँसो छिन्छ आफ्नो वौधिकताको चिरहरण गर्दै चिच्याउछ घरलाई नर्क बनाउछ उसकी स्वासनिको अनुहारको चाउरी सदा वोल्छ यी सबै उसका नशा हुन अहम छ उसमा मेरो कमाई खान्छु म परिवारको वरिष्ठ सदश्य मेरो अधिकार बिहेलाई बोन्ड मान्छ नशा साथ ठान्छ अनित् छदा छदैको शान्ति भङ्ग गर्छ अनुहार डढेलो लागि सक्यो पर्वाह छैन कुकुरको भुकाईसित उसको लड़ाई हुन्छ पत्नीको स्वतन्त्रता हनन् हुन्छ आफ्नो बुद्धीजिवीताको पतन हुन्छ चाउरी पर्दै गएको अनुहारमा पढ़दा आधा जीवनको नियाश्रोपन छ श्रीमतिको कस्तो यो नशा आफु नचिन्ने गाउँ विथोल्ने परिवारको ईज्जत दाउमा लाउने गाउँ घर छिः छिः भन्न थाली सके तिम्रो मतवाला- पन घृना छ सबलाई सज्जनमा तिमी स्वच्छ प्रभु- पुत्र तर पियेपछि परिवारकै निम्ती कुपुत्र यसको अनजाम के होला भन्ने त्रासमा कतिकिसीमको वेदना यो तरलमा छ  सहज देखिन्छ परिवारको उदासिनतामा वुद्धीजीवीको जीवन नर्क बनाउछ वेलुकी फेरी सलबलाउछ राक्षसपन अनिता असान्त पार्छ त्यो वातावरन