पत्र तलाई

पत्र  तलाई!

धेरै अभ्यास लेख्न गरिसकेपछि
सुन्दर अक्षरले पत्र तिमलाई लेख्ने रहर थियो
समय यति विति गएछ जस्तो पत्रलेखि पोस्ट गर्न चाहे
धेरै अबेर भई सकेछ
पोस्ट मास्टरले काम छोड़ी सकेछ
पोस्टअफिसमा ताल्चा लागेछ।

मेरो प्रियतमलाई ईमेल गर्न सिकाएँ
मेरो पत्र पढ़ोस र छिट्टै पत्रोत्तर दिउन भनी,
केवल टिट- टिके मोबाईलसम्म मात्र खेलाउन सिके
फोन सुन्न र गर्न सिके,
फोन गर्न भनी एकान्तमा उभिएँ
रिङ लाग्यो तर फोन उठेन
धेर अबेर भएछ क्यार उ अब बहिरो भएछ।

हस्याङ पस्याङ गरी चड़े ल्याण्डरवरमा
ट्याक- ट्याके विग्रेछ की क्या हो
चक्का अघी गुड़न मान्दै मानेन
यसो उभो हेरे टक्क चन्द्रमा लागेको थियो
एउटा वृक्षपछि लुकेर मलाई हेर्दै भन्यो
मलाई झक- झकायो यो राखी होईन होली हो
थाहा छैन होलिका जलि सक्यो।

हँ ! म झसङ्ग भए र गाड़ी ठेल्न थाले
त्यो धुप्पीको बाकल माथी ब्यारिङ गाड़ीमा चड़ी
ओह्रालो गुड़ेको याद आयो
त्यो पापी एउटा काँटीले स्वाट्ट उसको आँखा नेर
खुन पच्छे भई चोट लागेको यादले झस्के
म गुड़दै गुड़दै तल पुगी जामा टकटकाएँ
उसले सोध्यो! तलाई चोट त लागेन ?

 कस्तो हँ ! तैले आफुलाई सम्हालिनस्
आफ्नो पर्वाह गरेको भए तैले मेरो फोन सुन्ने थिईस
यति चाँढै बैराह कहाँ हुने थिईस र!
तेरो उमेर कहाँ हो र बैराह हुने?
न नै त्यति त बुद्धु नै हो एनरोईड चलाउन नस्कने
साह्रै लापरवाह गरिस नी
गुड्डीको धागोमा मैन र फुटेको बोतलको टुक्राले
गुड्डी आफ्नै च्वाट्ट छिनाई गगन चुम्वी भईस ।

न फोन लाग्छ तेरो
न नै चिठ्ठी पुग्छ त्यहाँ
न नै तैले नयाँ तकनिक सिक्ने चेष्टा गरिस
केवल मञ्जा लाउन सिकिस गुड्डीमा
व्यारीड़ चलाउन सिकीस बाक्कलमा
सेवा गर्न सिकीस अरूकै मात्र
त्यसैले त यति चाड़ै बहिरा भइस, अँन्धा भइस
न तैले मलाई देख्छस, नता मलाई सुन्न सक्छस
न नै सोध्न सक्छन के भयो तलाई भनी?

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you