नशा

सदाको नाटक खिड़कीबाट वोल्छ
नशा सलबलाएपछि म को हु भुल्छ
दुध मुखे बालकको हाँसो छिन्छ
आफ्नो वौधिकताको चिरहरण गर्दै
चिच्याउछ घरलाई नर्क बनाउछ
उसकी स्वासनिको अनुहारको चाउरी
सदा वोल्छ यी सबै उसका नशा हुन
अहम छ उसमा मेरो कमाई खान्छु
म परिवारको वरिष्ठ सदश्य मेरो अधिकार
बिहेलाई बोन्ड मान्छ नशा साथ ठान्छ
अनित् छदा छदैको शान्ति भङ्ग गर्छ
अनुहार डढेलो लागि सक्यो पर्वाह छैन
कुकुरको भुकाईसित उसको लड़ाई हुन्छ
पत्नीको स्वतन्त्रता हनन् हुन्छ
आफ्नो बुद्धीजिवीताको पतन हुन्छ
चाउरी पर्दै गएको अनुहारमा पढ़दा
आधा जीवनको नियाश्रोपन छ श्रीमतिको
कस्तो यो नशा आफु नचिन्ने गाउँ विथोल्ने
परिवारको ईज्जत दाउमा लाउने
गाउँ घर छिः छिः भन्न थाली सके
तिम्रो मतवाला- पन घृना छ सबलाई
सज्जनमा तिमी स्वच्छ प्रभु- पुत्र
तर पियेपछि परिवारकै निम्ती कुपुत्र
यसको अनजाम के होला भन्ने त्रासमा
कतिकिसीमको वेदना यो तरलमा छ
 सहज देखिन्छ परिवारको उदासिनतामा
वुद्धीजीवीको जीवन नर्क बनाउछ
वेलुकी फेरी सलबलाउछ राक्षसपन
अनिता असान्त पार्छ त्यो वातावरन

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा