Posts

Showing posts from September, 2025

पाहाड

Image
पाहाड जीवनको बाटो, कति अनौठा छन खुसीका पलहरू, आँसुका थोपाहरू छन। सपना बुन्दै, लक्ष्य खोज्दै, मनको गहिराइमा, आशा बोकेर हिँड्दै छन। घामको किरणले, उज्यालो ल्याउँछ, तर कहिले काहीँ, बादलले ढाक्छ। दुःख र सुखको यो खेल, सदा जीवनको कथा, कहिल्यै नसकिने। साना साना खुसीको, ठूलो अर्थ लाख्छ, माया र साथले, जीवन सजाउँछ। आफ्नो बाटो आफै बनाऊ,भन्छ मन सपना पूरा गर्न, कहिल्यै नडराऊ भन्छ तन। जीवनको यो यात्रा, सुन्दर छ, हर पललाई जिउँदै जिउनु, अमूल्य छ।  तर सपना देख्न अब, डर लाग्छ जीवनको गीत अब ता, आफै भाग्छ। सुन्दरी हुन अविशाप भयो क्यार पहाड प्रकृतिलाई चिथोर्न सम्म चिथोरे सबैले चियाका मुनाहरू रून्छन आफ्नो रूप हेरी गुणस्थर घटदो छ,दृष्टी छैन तेता फेरी। रेलले छुक छुक गर्छ गाडीलाई डर लामे ताॅत बाटो जाम समयलाई डर वर्षा याममा के कसको गर्ने भर कसले बुझने मनको ब्यथा छ यही बेदना। शिक्षा सबै बहे पैरोलै मधेश  तिर खै सानो सपना बुन्दा भयो ठूलो छती न सपना साकार बनाउने कोही भए आश्वासनको दौडमा सपना बुन्दै गर्छ पहाड। पर्यटन रिझाउछ,छचलकाउछ सेन्टेक्स  शितल ताप्न आएकाहरूले के बुझ्लान त्यसैले त आफ्नो बा...

हावा हुरी

Image
हावाहुरी छिमेकमा हावा हुरी चल्छ, एउटा धुरी गर्लामै ढल्छ झसङ मन ••हाँगा, फल झर्छ। फेरी नयाँ पावला लाग्छ आखाॅ र मनले खोज्छ के कसो कहिले सोध्छ। मनले ती लाली बहेको खोज्छ अनिता धुरू- धुरू मात्रित्व रून्छ एउटी माता उठछे, अनि न्याय बोल्छ। तर,के त्यो दन- दनले झोसेका ईतिहास शाक्षि रहला र? प्रश्नै प्रश्नमा बिस्तारै हुरी थामिन्छ।  अब,भित्र- भित्र प्रदुशन युवा, बयस्क, बृद्धा फेरी झस्कन्छ आखिर ऋतु न् हो बदली रहन्छ  । दशै'को टिको खाली निधारले टोल्याउने हो मन फेरी कॅहा भेट्ने कठै कति जोशिला हर्षिला थिए। मन छिया-छिया पारी अर्को हुरीलाई सामना गर्न अघी बढछ आशुॅ र रोधन बिच प्रदुशित बिभत्स, त्यहाॅ फेरी साना-साना पाईला लम्कन्छ हिमाल सेताम्बे हुने हो या रक्ताम्बे तर चक्र घुम्छ घुर्र-घुर्र मौसम न हो। समयसितै परिवर्त  भई रहन्छ फेरी अर्को धुरी खाबो हेरी यो मन फललाई खोजी रहन्छ।।