पाहाड

पाहाड

जीवनको बाटो, कति अनौठा छन
खुसीका पलहरू, आँसुका थोपाहरू छन।
सपना बुन्दै, लक्ष्य खोज्दै,
मनको गहिराइमा, आशा बोकेर हिँड्दै छन।

घामको किरणले, उज्यालो ल्याउँछ,
तर कहिले काहीँ, बादलले ढाक्छ।
दुःख र सुखको यो खेल, सदा
जीवनको कथा, कहिल्यै नसकिने।

साना साना खुसीको, ठूलो अर्थ लाख्छ,
माया र साथले, जीवन सजाउँछ।
आफ्नो बाटो आफै बनाऊ,भन्छ मन
सपना पूरा गर्न, कहिल्यै नडराऊ भन्छ तन।

जीवनको यो यात्रा, सुन्दर छ,
हर पललाई जिउँदै जिउनु, अमूल्य छ।
 तर सपना देख्न अब, डर लाग्छ
जीवनको गीत अब ता, आफै भाग्छ।

सुन्दरी हुन अविशाप भयो क्यार पहाड
प्रकृतिलाई चिथोर्न सम्म चिथोरे सबैले
चियाका मुनाहरू रून्छन आफ्नो रूप हेरी
गुणस्थर घटदो छ,दृष्टी छैन तेता फेरी।

रेलले छुक छुक गर्छ गाडीलाई डर
लामे ताॅत बाटो जाम समयलाई डर
वर्षा याममा के कसको गर्ने भर
कसले बुझने मनको ब्यथा छ यही बेदना।

शिक्षा सबै बहे पैरोलै मधेश  तिर
खै सानो सपना बुन्दा भयो ठूलो छती
न सपना साकार बनाउने कोही भए
आश्वासनको दौडमा सपना बुन्दै गर्छ पहाड।

पर्यटन रिझाउछ,छचलकाउछ सेन्टेक्स
 शितल ताप्न आएकाहरूले के बुझ्लान
त्यसैले त आफ्नो बाटो आफै बनाऊ,भन्छ मन
सपना पूरा गर्न, कहिल्यै नडराऊ भन्छ तन।

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा