हावा हुरी

हावाहुरी

छिमेकमा हावा हुरी चल्छ,
एउटा धुरी गर्लामै ढल्छ
झसङ मन ••हाँगा, फल झर्छ।

फेरी नयाँ पावला लाग्छ
आखाॅ र मनले खोज्छ
के कसो कहिले सोध्छ।

मनले ती लाली बहेको खोज्छ
अनिता धुरू- धुरू मात्रित्व रून्छ
एउटी माता उठछे, अनि न्याय बोल्छ।

तर,के त्यो दन- दनले झोसेका
ईतिहास शाक्षि रहला र?
प्रश्नै प्रश्नमा बिस्तारै हुरी थामिन्छ।

 अब,भित्र- भित्र प्रदुशन
युवा, बयस्क, बृद्धा फेरी झस्कन्छ
आखिर ऋतु न् हो बदली रहन्छ  ।

दशै'को टिको खाली निधारले
टोल्याउने हो मन फेरी कॅहा भेट्ने
कठै कति जोशिला हर्षिला थिए।

मन छिया-छिया पारी अर्को
हुरीलाई सामना गर्न अघी बढछ
आशुॅ र रोधन बिच प्रदुशित बिभत्स,

त्यहाॅ फेरी साना-साना पाईला लम्कन्छ
हिमाल सेताम्बे हुने हो या रक्ताम्बे
तर चक्र घुम्छ घुर्र-घुर्र मौसम न हो।

समयसितै परिवर्त  भई रहन्छ
फेरी अर्को धुरी खाबो हेरी
यो मन फललाई खोजी रहन्छ।।

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा