गोर्खाल्याण्ड प्राप्तिका समस्या र अड़चनहरू
गोर्खाल्याण्ड, हामीले बुझेको अनि समाजलाई बुझाउन चाहेको के हो त?
साधारण भाषामा भन्ने हो भने भारत स्वतन्त्र- गणतान्त्रिक देश भएपछि सविधान लागु भयो र भारतवर्षका राज्यहरू पुनर्गठन भयो।यसको मूल आधार थियो भाषा, कुनै क्षेत्रमा एउटै भाषा बोल्ने बाहुल्य भए एउटा राज्य बनाईयो।जस्तै- बिहारी समुहको निम्ति बिहार,मराठी समुह भएको ठाँउ महाराष्ट्र, पञ्जाबी समुहको निम्ति पञ्जाब आदि।
जति समय बित्दै गयो समस्या समाधान र आवस्यकता हेतु राज्य बनिदैँ गए। तर कतिवटा क्षेत्रमा भने पाश्व अञ्चललाई अरू छेवैंका राज्यहरूसित मिलाएर राखिएको छ। त्यस्ता पास्व क्षेत्रहरू पनि कालान्तरमा राज्य यात केन्द्र शाशित राज्य बनि सकेको छ, जस्तै उत्तर पुर्वका राज्यहरू। त्यस्तै पाश्व क्षेत्र हो दार्जीलिङ जिल्ला अनि तराई क्षेत्र। र यो सविधान अनुसार जायज मागँ हो यहाँ ब- सोवाबासो गर्ने गोर्खाहरूको निम्ति पनि भिन्न राज्य हुन पर्छ भन्ने।
त्यस्तै अरू अञ्चलहरू पनि छन जसको माँग छ छुट्टै राज्य बनोस भन्ने,अनि बनिदै पनि छ समय समयमा,तर गोर्खाहरूको माँग भने पुर्ण हुन सकेको छैन।अनि आजको चुनाव पछिको चर्चा छ पिपीएस,यानकी परमानेन्ट पोलिटिकल सलुसन।
आफ्नो भाषा, साहित्य, संसकृतिको जगेरा गर्न विकाश गर्न , आफ्नो अस्मिता बचाई राख्न दार्जीलिङ्ग पहाड़ र तराई क्षेत्रमा देखिएको समस्या, जति जति गोर्खाल्याण्डको माँग चर्कीयो, त्यति त्यति नै गोर्खाहरूलाई छिन्न बिछिन्न पार्ने काम भईरहेछ, साथै हामी लघु सख्यक भएर गई रहेछौ। विकाशमा ह्रास आएको छ।
सन 2000मा एउटा भारत भरी छरिएर बसेका गोर्खाहरूको छाता संगठनको गठन भयो। जसको पहिलो माँग गोर्खाहरूको बासभुमी थियो जसको अर्थ छुट्टै राज्य थियो। कस्को निम्ति भन्दा गोर्खाहरूको निम्ति, त्यस समय भनिनथ्यो यो आन्दोलनको शुरूवात भएको एक सय सात साल भयो, भनेपछि आजसम्म कति वर्ष भयो आफै हिसाब लगाउन सकिन्छ।
सत्तर- अस्सीको दशकमा प्रान्त परिषद गठन भयो,उनिहरूको मूल मन्त्र पनि त्यही थियो। त्यसपछि शुभास घिसीङ एरा शुरू भयो। यो धेरै वर्ष चल्यो, हिल काउन्सील गठन भयो, तर यसले गोर्खाहरूको अस्मिता र ईच्छा पुर्ण गर्न सकेन। त्यसको सट्टामा दार्जीलिङ जिल्लाले एउटा महकुमा गुमाउन पर्यो। र सिलगढ़ी आजसम्म छुट्टै महकुमा परिषद भएर बसेको छ।तर अचम्भ भने के छ भने यहा थ्री टायर पञ्चायती व्यवस्था छ, जिल्ला परिषदको सट्टा महकुमा परिषद छ। तर पहाड़मा भने पञ्चायती प्रणाली नै छैन हरायो। सायद यस्तो प्रणाली भारत वर्ष भरी कतै छैन होला। र गोर्खाहरूको विकाश त विर्बलको खिचड़ी भयो।
त्यसपछि बिमल गुरूङ एरा आयो, आन्दोलन निकै भयो, धेरैले ज्यान गुमाए, धेरैले किडनी गुमाए भोक हड़तालले, धेरैले घर गुमाए, परिवार गुमाए, शिक्षा गुमाए, र पायो जिटिए, गोर्खा टेरिटोरियल एडमिनिसट्रेसन। यो पनि साह्रै सफल भएको छैन।
पटक पटक भाषाको दमन विकाशको प्रलोभनमा विभाजन आदि भई नै रहेको छ।
यो भन्दा पहिले स्व,शुसमा सौराजजीको अध्यक्षतामा एउटा कमिसन बस्यो, छैटौ अनुसुची लागु गर्ने या नगर्ने भन्ने विषय लिएर,तर जनताले जुन छैटौ अनुसुची मांगेका थिए, सरकारले दिएको अनुसुचीमा खास खास वुँदाहरू गायब थिए, तसर्थ जनताले यसको विरोध गरे र लागु हुन सकेन।
तर यसले एउटा कुरो चाहि के राम्रो भयो भने यो आन्दोलन विछिन्नताबादि आन्दोन होईन,यो देशसित जोढ़ने आन्दोलन हो भनी स्व, शुसमाजीले भनेका हुन र सरकार समक्ष यो कुरो साबित भयो। अनि एउटा गोर्खाहरूको सानो राज्य भारतको सविधान भित्र बनिने आन्दोलनको रूपमा भारतका सबै नेता तथा जनताहरूले बुझे।
यसरी आन्दोलनहरूपछि हामीले के पाँयौ? यो एउटा भोट माग्ने औजार मात्र हो, हाम्रो विकाश होईन, हामी विनाशको कगार तिर पुग्दै जादै छौ।
जात जातमा विभाजन गरि बोर्ड गठन गरियो, त्यसले पनि नकारात्मक सोचहरू उत्पन्न हुन थाल्यो।हामी र हाम्रो पनको पटक पटक हत्या भईरहेछ। विकासको सट्टा हामी अझ पछ्यौटे वन्दै जादैछौ।
जनताले सरकार र नेताहरूको भूल भन्दै दोष लगाउदै समय वितिरहेको छ। जब जब पनि भोट आउछ, तब यहाँका नागरिकको भोट पाउन आशा देखाउने गर्छन,त्यहि आशामा भोट हालिन्छ, त्यसपछि सरकार, राजनैतिक दलहरू कानमा तेल हालेर बस्ने गर्छन। हामी हाम्रा नेताहरुलाई दोष दिन्छौ, सरकार समक्ष कुरा सठिक पुग्न सकेन भनि,तर कँहि न कँहि हाम्रो भुल भएकै छ, जसले गर्दा हामी विभिन्न नेताहरू र सरकारको लाते भकुण्डो मात्र भएका छौ।
जसरी म्याचको दिनमा सजावटका साथ भकुण्डचलाई ग्राउण्डमा सजाईन्छ,खेलाड़ीहरूको हातहातमा भकुण्डो नाँच्छ, खेल सकेपछि एक कुनामा जरूरी सामान तर अचल अवस्थामा राखे झै हाम्रो आकाक्षाहरूलाई एक कुनामा राखिन्छ।
अश्रुग्यासले हाम्रो आँखा नपोलेको होईन, बम गोलारले हाम्रो रगत नचुहेको होईन, स्तापित विस्थापित नभएको होईन तर पनि आफ्नै देशमा धेरै सौलियतदेखि वञ्चित छौ हामी त्यसका कारणहरूको चर्चा विचार विमर्ष गर्न मन लागेको मात्र हो।
एउटा प्रश्नले सधै घोंच्छ हामीलाई आप कहाँ से हो? या तिमी कहाँदेखि? फलना देशका नागरिक हौ? यो प्रश्नोउत्तर हो ठुला ठुला मन्त्री, आईएएस,ठुला अफिसरहरूको साथै साधारण जनताले सोध्नुत स्वभाविक नै हो जसले न भूगोल पढ़ेका हुन्छन न नै ईतिहास।
हामीलाई चाहिएको दुईवटा कुरो पहिले पहिचान आफ्नो राज्य या केन्द्र शाशित राज्य अनि भारतका अरू नागरिक झै आफ्नै राज्य भित्र हाम्रो सर्वाङ्गीन विकाश, अनि अरूराज्यलाई मित्र छिमेकी राज्यको रूपमा हेर्न चाहान्छौ। माँग जायज हो कारण हाम्रो भाषा र ईतिहास भिन्न छ। हाम्रो जतिवटा बोर्ड भए पनि लिङ्वाफ्राङ्का नेपाली भाषा हो। जाती हामी भारतीय गोर्खाली हौ।
जब हामी भोट हाल्छौ भारतको सरकार बनाउनभने कसैले हामीलाई अरू उपमा नदिए हुन्छ।तर मुल कुरो यहाँ राज्य बन्नमा किन विलम्ब भयो त?
पहिलो,घिसीङ एरामा सिलगढ़ी र तराई क्षेत्र छोड़नु ठुलो भुल भयो। बिमल एरामा, हतार गरि जिटिए थाप्नु ठुलो भुल भयो, जबकी तेलेङ्गानाकाहरूलाई पनि यस्तो व्यवस्ता थाप भनि दार्जिलिङको उदाहरण दिदा , उनिहरूले जिद गरे , नेता भोक हड़ताल बसे र राज्य नै थापे। नेता भनेको अलि जिद्दी पनि हुन पर्छ आफ्नो अढ़ानमा।
दोस्रो,हामीले नेताहरूलाई अब दोष नदिदा हुन्छ मुद्दा के हो वुझाउन विफल भयो भनी, सरकारले राम्ररी बुझेका छन यो कुरो त्यो के बाट बुझ्न सकिन्छ भने आजका गृह मन्त्री भोट माग्न बंगाल आउदा सबै कुरा गोर्खाहरूको समस्य र समाधान विषय उनले चर्चा गरेर गए।अब विजयी नेता र समर्थक दलले यसको पछि लागि पर्न पर्ने हुन्छ, नत्र फेरी अर्को चुनावमा वाक्यका पर्यावाची शब्द मात्र बदलिने छन भोट हाम्रो पाउन हामी केवल भकुण्डो मात्र।
तेस्रो,भारत जस्तो विशाल गनतन्त्रमा राजनैतिक सौलियत पाउन मेजोरेटीको आवस्यकता पर्छ, यो बुझेर सरकारी तन्त्रले हामीलाई जनगनना हुदा माईनोरेटीमा देखाई रहेका छन,यो एउटा दरिलो प्यारामिटर हो राज्य गठन हुदा त्यसलाई अल्प सख्यक देखाई हामीलाई कमजोर बनाएका छन।
चौथो,समय समयमा छैटौं अनुशुची,बिलय,युटी भन्ने भिन्न भिन्न माँग अघि आईरहन्छ।
हो भाषाको आधारमा राज्य बनिन्छ भने, हाम्रो भाषा संसकृति सिक्कीमसित मिल्छ। सिमाना पनि सँगै छ तर, उनिहरूको ईतिहास हाम्रो भन्दा भिन्न छ। तसर्थ छदा छदैको शान्तीप्रिय राज्यलाई हाम्रो समस्या थोपेर विथोल्नु सठिक होईन। छैटौ अनुशुची रद्द भएको कुरोलाई फेरी उठाउनु मुर्खता हो, युटी र राज्य भने ठिक मुद्दा हो नेताहरूले आफ्नो पाटीको अढ़ान यही राखेको सठिक हो। भिन्न भिन्न मांग लिएर जानु पनि मुर्खता देखिन्छ।
चौथो,अर्को समस्या हामीले जुन क्षेत्र क्लेम गर्दै छौ त्यहाँ राजब॔शी, कोचे मेचे, आदिवासीहरू पनि छन, उनिहरू पनि पछ्यौटे छन,,त्यसको समिकरण पनि मिलाउन पर्ने हुन्छ। पहाड़ मात्रले युटी बनान सकिन्छ,
राज्य बनाउन तराई र दुवार अञ्चललाई लिन पर्ने हुन्छ। झण्डै- झण्डै लदाक र जम्मु काश्मिर जस्तो अञ्चल यहाँ देखिन्छ, तर गोर्खाले आफ्नै समस्याको ढोल पिट्न सठिक हो, अरूको समस्या मिलाउने सरकार पक्षका हुन , त्यसमा नकारात्मक सोच नराखि , गोर्खाको हित के मा छ हेर्ने काम नेताहरूको हो। आदिवासीहरूको राज्य झारखण्ड भैसकेको छ,तर राजबंशीहरू पछ्यौटे छन अनि दुवार अञ्चलका बासिन्दा हुन, धेरै बङ्गला भाषा सिकेर उस्तै उस्तै लाग्छ तर उनीहरूको कथा व्यथा भिन्न छ। यी कुरोको अध्यन नेताहरूमा हुन जरूरी छ।तर अड़ान अफ्नै हुन पर्छ।
पाँचौ, विकाशका निम्ति दिएको कुरोको विकल्प नसोची नकारात्म सोच राख्नु पनि भुल हो, जस्तो, आजसम्म एस ए स सी छैन जिटिएमा,भरखरै मात्र अस्थाई समस्य समाधान केही मात्रामा भयो ,ईमप्लोईमेन्ट एकसचेन्जबाट कल आउदैन,अन ईम्लोईमेन्ट समस्या कतिसम्म, प्लानिङ केही छैन शहर गाँउको, पञ्चायती सौलियत नभएर खेती किशानहरू घर छोड़ी परदेश दुरदेशमा छन, विकाशको मुल फुटाउने हो भने सबैलाई बोलाउने प्लानिङ हुनपर्छ। अब दार्जीलिङ्ग फर्कौ भन्ने नेताहरूबाट नै आवहान पनि हुन पर्छ।
छेटौं, समस्या समाधान चुट्टै राज्य या युटी राखौ,अरू कुरोमा भुलिन व्यर्थ हो।यो राज्य बनिये सुन्दर, सानो राम्रो राज्य बनिने छ , जहाँ लिटरेसी रेट अधिक छ, अरु साना राज्यहरूले झै यस राज्यले सरकारलाई धेर राजस्व दिन सक्षम हुनेछ भन्ने प्रलोबन सरकारलाई देखाउन सक्ने काम गर्नु पर्छ जस्तो मलाई लाग्छ, विकाशका निम्ति आएको केही राजस्व पनि सठिक ठाँउमा लगाई यो क्षेत्रलाई सुन्दर स्वास्थ्यकर बनाउन पर्छ, अग्रेजले बनाई गएको कुरोमा मात्र नाक घोक्राएर के गर्ने, पगला झोड़ासम्मको समाधान छैन, नाम चलेको शैक्षिक केन्द्र हो यो, तर आज सरेर सिलगढ़ी बनेको छ, जो पहिले नै छुट्यो हातबाट। सेनिटोरियम हो पहाड़, आधा विमारी जाति पार्ने तर आजसम्म क्यान्सरको पैसेन्ट जस्तो भएको छ पहाड़, न राम्रो अस्पतार नै छ। कोवितको हाहाकारमा के अवस्था भयो भन्छु गाँउ बासीको।
यस्ता धेरै समस्या बिचमा चुनाव भर्खरै भयो, हामीले एउटा घुमाउरो नबुझ्ने वाक्य या शब्द नै भनौ त्यसैको आधारमा भोट हाल्यु,त्यो हो पी पी एस,कति मिठो मिठो एब्रीवेसन सुनिन्छ,तर के हो के? त्यो गृह मन्त्रीजी मन्थनमा कहिले बस्ने हुन र स्पष्ट हुने हो??
यसको निरक्योल भोट जित्ने नेताहरूले जनतालाई बताउन पर्यो झट्टै, समस्यै समस्या छन सोच्यो भने
अझ धेर कुरोहरूछन यी चालिस बर्ष भित्र हाम्रो आँखा अघि घटेका घटनाहरू र हामी विशाल गनतन्त्रमा पिसिएका र अब उसो पनि आश लगाई राखेका नै छौ।
अन्तमा मेरो सुझाउ के छ भने यहाँको अर्थ व्यवस्था "थ्री टी" मा निहित छ,टि,टिम्बर र टुरीजम सबै बन्द र ज्याममा फसेका छन, अब उसो चाहि" थ्री एफ" व्यवस्था हुन पर्छ, फ्रुट, फ्लावर अनि फरेष्ट, पशुहरू जंगल फर्कीउन,फुलको सुन्दरता र व्यवसाय बड़ोस स्थानिय मानिसको, जंगलले अक्सीजन प्रदान गरि बिमारी निवारण गर्ने सेनिटोरिमहरूको बाहाली होस, जंगली जानवर जंगलमै बसे किशानले खेती गर्न सक्छन बञ्जर छ बस्ती सहर खचाखच, टुरिस्ट पार्किङ नपाउदा अन्य स्थानतिर जान्छन। शिक्षा क्षेत्रको गरिमा फर्काई ल्याउनु पर्छ। अति भयो अत्यचार हुनबाट हिमाली तराईअञ्चललाई बचाउँ, नेता जनता सबैले सोचौं एक चोटी त्यो विगतको पहाड़की रानी र आजको खचाखच कुन चाहि राज्य बनाउन चाहदै छौ हामीले??
Comments
Post a Comment