आमा

तीमी चुलामा बसी पस्केको भात
परसम्म आएको शुगन्ध आज पनि
मेरो घ्रान शक्तीले भुल्न सकेको छैन।

तिम्रो निधारमा बसेको दुई धर्का
जब म अटेरी गरि नपढ़ेको समयमा
भाग्य सम्झी हेर्दा हतकेलामा देख्छु।

खाना नखाई भुलिरहेको समय
खाना चिसो हुन्छ, स्वास्थ्य विग्रन्छ
यस्तो आवहान म विरामी हुदा सम्झन्छु।

आमा ! तपाईले के खानुभो त आज??
काड़ाक- कुड़ुक गरि बासी रोटीको आबाज
आजसम्म पनि कानमा गुञ्जीरहन्छ।

दशैंको नयाँ लुगा सबैलाई ल्याईदिदा
तिम्रो चै नी आमा भन्दा मुसुक्क मुस्कान
त्यो मौनताले मन कटक्क खाएको आलै छ।

पन्द्र अगष्टमा सेतो कमिज चाहिदा
रात भरी आगो सल्काई टापामा वस्त्र
अनिदो भई सुकाईदिएको तिमीले नै हो नी।

म खेल्दा खेल्दै लढ़ेर खुन पच्छे हुदा
ढुङरे झार र तितेपाती मोलेर ठ्याप्प पार्दा
तिम्रो गुन्यु समाई रूदा आँशु तप्प चुहेको हिजै हो नी!

म सोच्ने गर्छु, मेरोमा त्यो धैर्य छ छैन
तिम्रो नाता नातिनी तिम्रै गुण गाउछन
साउँ बन्दा सुद, छोरा छोरी भन्दा नाता नातिनी।

तिमी नै सृष्टीको रूप, तिमी नै ममता
तिमीमा भएको गुण, मेरो जीवन
तिम्रो संसकार मेरो सरल जीवन शैली।

फेरी ती बाल्यकाललाई याद गर्ने गर्छु
आखाँ आँशुले टिल- बिल टिल- बिल भर्ने गर्छु
कहाँ गयौ अनन्तमा सधै खोज्ने गर्छु ।।



Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you