शिकक्षक दिवस 2020_ 21



धेरै ससाना आँखाहरूले
मलाई टोलाएर हेरिरहे छन
कहिले हुने हो भन्दै मित्र मिलन
कहिले जरदाको क्यान्टिनमा
दुई रूपयाँ खर्चौ भन्दो हो!

हो सुईटीको मिठाई
बौधिको चिया र सुजी विसकिट
खान नपाएको धेरै दिन भो
हो यो घर बन्दीले भरचुवल
सपना सरह शिक्षा धेर भो।

फोन नल्याउनु स्कूलमा
भनेको झल -झल याद छ गुरूले,
आज तेहि फोन खोदाल भन्छ कोरोनाले
घुमे घुमेई गर्छ शिक्षा पुवर नेटले
अम्वानीको फ्रि जीयोको आशामा छ गाँउमा।

मोदिजी की मनकी बात
डिजिटल भारतमा छ धेरै काम काज
न छ टावर गाँउमा न नै नेट
स्मार्ट फोनको छ धेर दाम
बन्द छ बाबा- आमाको काम।

शिक्षक उमेर पुगेका धेरै 
क्म्युटर  एनरोईडको छैन उनलाई ज्ञान
अब लाउदैछन अनलाईनमा ध्यान
ईबुक,दिक्षा ,ईपाठशालामा लाए मन
शिक्षकले पाउदा रहेछन मान र धन ।

यी सबै कुरा सिकायो कोरोना माईले
आज उ नै भएको छ गुरू चाईने
सुर्ता फिक्री नगर विद्यार्थी
जस्तो मादल बज्छ
उस्तै नाँचौला उस्तै पढ़ौला ।

माक्स,सेनिटाईजर साफ सफाई
घरको खाना आमालाई बुझ्ने
परिवार सुस्वास्थ्य राख्ने हो समय
भेट भए गरौला चर्चा- परिचर्चा
गुरू दिवसमा छ तिम्रो सम्झना।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा