स्टारटुर,,,,यात्रा लण्डनदेखि स्कटल्याम्ड( 6th_ 9th अमष्ट 2019
स्टारटुर
6th to 9th August '19( लण्डनदेखि स्कटल्याण्डसम्मको यात्रा)
स्टारटुरका कार्यकर्ताहरूले हामीलाई स्कटल्याण्ड घुमाए। यो ओल्ड लेडीले ईडनबर्क ईतिहासको धाराबाहिक सुनाए अग्रेजी भाषामा।
यो ह्यानसम कालो टाई , सेतो कमेज , कालो प्यान्ट लगाउने लुईस हुन।
तिनको घर वेल्समा छ। उनी वेल्उसका भषा नै बोल्निछन , अग्रेजी खुबे कम बोल्छन।थाहा छ स्कटल्याण्ड र लणडन दार्जिलिङ्ग र सिक्कीम जस्तो वल्लो ढाड़ा पल्लो ढाड़ा, तर अग्रेजी बोल्न उ रूचाउन्न, तर हामी भने अग्रेजी नजान्दा आफै खिन्न हुन्छौ, कस्तो अनौठो अनुभव भयो मलाई । जे होस उ त्यस टुरका चालक थिए।
उनले विशेष भारत मुलुकका पर्यटकहरूलाई घुमाउने क्रममा केही हिन्दी शब्दहरू सिकेका छन।हँसिला जोक गर्दै सबैसित मनोरञ्जन गर्दै हामीसित चार दिनको ट्रिपमा थिए।
अर्की गुजराती मुलककी स्कटिस्ट एन ,आर, आई,स्रुती बसकी गाईडले हिन्दी अनि अग्रेजी भाषामा धारावाहिक जानकारी सहित यात्रामा गाईड गरिन।
हाम्रो यात्राको क्रममा दुईवटा क्रुज र एउटा सानो दार्जिलिङ्ग कै जस्तो दुई डब्बा भएको ट्रेनमामा पनि परिवहन गर्यौ ।
त्यसमा कफिसप थियो जसले हामीलाई फ्रि मा कफि वितरण गरे। अनि अर्का स्मार्ट जेन्टलम्यान जसले स्कटल्याण्डको एउटा रम ह्युस्की कारखानाको परिदर्शन तथा धारावाहिक प्रस्तोताको रूपमा हामीलाई घुमाए।
उनिहरू र हाम्रो काम गर्ने तौर तरिका र जिवन शैलिमा केही फरक मैले पाएँ।
मैले स्रुतीसित धेरै समय स्कटल्याण्डको विषयमा चर्चा गरें।त्यहा ठूला- ठूला जमिनमा जौं को खेती गरिएको थियो। व्यारल झै बनाएर ठाउँ ठाउँमा खेती
काटेर राखिएको थियो। काठ र बाक्कलले फेस्न या घेरा बेरा लगाएका ठाउँ, माझ माझमा थियो। त्यहाँ गाई अनि भेंड़ा चरिरहेका थिए।यता उता कतै मानिसहरू थिएनन।तर ती खेति र पशुहरू पनि कति अनुशाशित ढंगमा आफ्नो आफ्नो काम गरेका, ती पशुहरूले खेती बिगार्ने काम गरेका थिएनन कारण उनीहरूको निम्ति पनि घाँस टन्नै थियो।
विहानी पख कृषकहरूले काम गर्ने हुदा केवल फसल र पशुहरू मात्र थिए खेतमा , न त्यहा स्केरी थियो न स्केयर ।
ती जमिनहरू सरकारका साथै केही खेति गर्नेहरूका निजी थिए। सरकारको पुर्ण सहयोग उनिहरूले पाउने गर्छन।कमाई गरेर पनि घर धान्न नसके सरकारले लोन दिने गर्छन महिनावारी खर्चको निम्ति, अनि सरकारलाई त्यो पैसा ई एम आईमा फर्काउन पर्ने हुन्छ।
अठार वर्ष पुगेपछि काम गर्नु पर्ने हुनाले धेरै जसो जनताले उच्च विद्या हासिल गर्न सक्दैनन।तसर्थ जब काम खोजी कमाउन थाल्छन पढ़ाई उनिहरूको कम हुन्छ। तर जब सेटल हुन्छ जिवन, उनिहरूको पनि नानीहरू अठार पुग्छन तब उनिहरू जिम्मेवारीबाट मुक्त हुन्छन अनि पढ़न चाहानेले तिस पैंतिस वर्षको उमेरमा पड़ने पनि गर्छन।
सानै उमेरमा काम गर्न पर्दाको तिक्तता उनिहरूले सुनाए।हामीलाई पनि हाम्रो सैशिक योग्यता सोधे, हामी कोहि पनि एम, ए, भन्दा कम थिएनौ र छक्क परेर भने, तिमीहरूको देशको सिस्टम राम्रो भएकोले भाग्यमनि छौ, सानै उमेरमा पढ़ि-लेखि विद्वान विधुशी भयौ भन्ने कुरो उनिहरूले राखे।
वसमा सौचालय पनि थियो।त्यसको साफ- सफाई चालकले गरे भने हाम्रो लगेज राख्ने निकाल्ने काम पनि चालकले नै गरे, उसको क्लिनर र सहयोगी कोही थिएन।चारदिन निरन्तर उसले गाड़ी चलायो।
हसिलो राम्रे सबैले जिस्काए मज्जा गर्दै यात्रा गर्यौ। उसले मलाई सोध्यो, तिमीहरूको निम्ति यो धेरै महगों यात्रा हो नी? मैले जवाब दिए, यदि पाउण्ड र रूपियाँको भ्यालु बराबर हुदो हो त त्यो टुर महङग़ो होईन। उसले पनि दार्जिलिङ्ग घुम्ने ईच्छा गर्यो, हामीले सहयोग गर्ने बाचा गर्यौ।
हामी लगायत गाड़ीमा गुजराति साकाहारी पर्यटक थिए, तसर्थ होटल भारतियकैमा लगे भेज फुड तथा ननभेज दुवै पाईयो।
त्यसै होटलमा प्रायः भारतका फ्लिम स्टारहरू पनि आएर बस्ने गर्छन हरे, साथै "कुछ कुछ होता है" साहरूप रकाजोलको फ्लिम पनि त्यही स्कटल्याण्डको हाईल्याण्डमा भएको रहेछ त्यो पनि वताए।
बस यहाँको भोलवो टाईप थियो। सबै कुरो ठिकै थियो , तर यहाँको भन्दा रोड उच्च कोटिको अनि घरहरूको रूफ कुना परेको अनि एकै नासे, घरमा कुना काप्चा कतै नछाड़ी जोड़ेर बनाका। बाहिरको डिजाईन एकै प्रकारको कुनै घरमा रातो निलो रंग लगाईएको चैं छैन। एक प्रकारको केडबरी चकलेट कालो भारनिस जस्तो रंगको थियो।।
Comments
Post a Comment