उड़ान स्थगित एउटा विन्दुमा



उड़ान भर्न लाग्छु तर
सिमानाले रोक्छ
उड़ान भर्न लाग्छु तर
विसमताको भुवरीले छेक्छ
 विडम्बनाका पोकाहरू धेर
गाँठो परि बसेका छन मनमा
आङ तानिहेर्छु आशाका किरणतिर
स्वच्छ विचार बोल्ला कि भनी
उसको भरिएको झोली देखाउदै
चै चै चै गरे जस्तो मात्रलाग्छ
जहर पिलाई मलाई मदहोस बनाई
खिल्ली उड़ाए जस्तो लाग्छ
त्यो दन दन जलेको कलेजा भित्र
पाकेको घाउ कोट्याई कोट्याई
मेरो लाशको रगत चाटे झै लाग्छ
त्यसैले उड़ान भर्न लाग्दा
तुफान आई निमट्यान्नै पारे जस्तो लाग्छ
तब बलवान राजनितले
दन दन सलकिएको चौकी हेर्छ
अनिता घरका गन्दे झार उखेल्न खोज्छ
तब विवसताको घेरोमा तुफान
आई मेरा आकांक्षा उड़ाउन लागे झै लाग्छ
नबोल्ने हिदायत छ शुरक्षा कवज
बोल्यो भने चार दिवार भित्रको परतन्त्र बोल्छ
उफ यी बाद्यताका जंजिरले
जकड़ी राख्या जस्तो लाग्न लाग्छ
उड़ान दिशाहिन भई उत्तर तर्फलाग्छ
उत्तरकाहरू टुक्रा- टुक्रा भई दक्षिन तिर
लाग्दा सन्देह मनमा लाग्छ के म जिउँदै छु
त्यसैले तुफानमा म उड़ान भर्छु
सिमाक॔न चित्र भित्र कुच्ची र रंग
भारत भुमिको मानचित्रमा उसलाई
म सदा छिमेकी राज्य देख्छु 
जब जब पनि म उड़ान भर्ने गर्छु
मधेशबाट हिमाल देख्ने गर्छु
जब जब पनि म मेरै ईच्छाको
राजनित गर्ने गर्छु  विपरित दिशा तर्फ
उसलाई लखेटदै अश्व मेघ य़ज्ञको
तिमीबाट म सदा आश गर्छु
जब जब  ,जब पनि म उड़ने गर्छु!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you