कस्तुरी
सिगरेटका ठुट्टा सरह
तिमीलाई लत्ताएँ
खाली वोतल सहर
घुईकाई पठाएँ
भित्तामा गुटका खाई
थुकेको घिनलाग्दो भित्ता जस्तो बनाएँ
दिन रात गनाउने सौचालय झै
दुरगन्ध सम्झे,
कार्खानाको कालो धुवामा झै
नाक बन्द गरी हिड़े
किन आखिर किन र?
कारण तिमी भित्रको तिम्रै शत्रुलाई
गाली गर्नु थियो
तिमीलाई त्यो दलदलबाट निकाल्नु थियो
तिम्रो शुभाष छर्नु थियो
तिमी भित्रको कस्तुरी जगाउनु थियो
तिम्रो परिश्रम र गुण केलाउनु थियो
तिम्रो परिवर्तनशिल उर्जालाई
संसारमा प्रयोगमा ल्याउनु थियो
जीवन वचाउनु र सजाउनु थियो!
तिम्रो मुखमा धुवा विश वन्छ
वोतल चकनाचु भए वाटो छेक्छ
भित्ताका रगँ एकैनास सुन्दर
दुरगन्धले विमारी निम्त्याउछ
कारखानाका धुवाले सहर ग्रस्त पार्नु
विकाश होईन नी! तर सबै
आवस्यक छन, आफैलाई हेर!
प्रकृतिले शुभाष र दुर्गन्ध छुट्याउछ
राम्रो नराम्रो छुट्याउछ
भने तिमी किन सन्तुलनलाई
मान्न छाढ़ी साक्यौ?
त्यसैले त् म तिमीलाई च्वाट्ट
लत्याउन चाहान्छु
मन न परे नाक वन्द गर्छु
आँखा चिम्लन्छु, निधार खुम्चाउछु
Comments
Post a Comment