शैशव

केवल दुई फुटको छ
सेल्फी भन्न साथ हास्छ
मोबाईल पाए क्लिक गर्छ
उसको हसाईमा के के न लुकेको छ!
ताता तुतु वोल्न खोज्छ
यस्तो मिठो बचपन हाम्रो
कहिले थियो नी त सत्य हो!
तर सुन्दर पल भुल्ने कस्तो यो जीवन
भुल्नु कहिले औषधि नै हो
भने कहिले विसमात पनि
चाहेर याद नहुने वाल्यपन
तर ती पल हेर्न चाहे
यस्तै हाँसोहरूमा खोज्न पर्ने
डिलीट वटन लिएरै आएका हामी
तर कल्पना शक्ति अभिव्यक्त गर्न सक्ने
खुशीमा हास्न सक्ने
दुःखमा रून सक्ने केवल मानव मात्र
त्यसैले त हामी वुद्धीजीवि प्राणी
अनमोल जीवनको अनमोल वाल्यपन
हाँसौ अनि हँसाउ सेल्फी संगै
 सबै मित्रहरूमा मुस्कान बाँटौ!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you