हो एउटा संस्था पच्चीस वर्षसम्म सुचारोरूपले सिलगढ़ीको मुटु गुरूङ बस्ती/नगरमा चलाउन सक्नु लरथरो कुरो होईन। आज भरखरै आएर बसोबास गर्ने नागरिकलाई बजारको भिड़मा हाम्रो जनसंख्या कम देखदा हामी हराई सकेछौ जस्तो लागेता पनि यस्ता ईतिहास बोकेका स्मारिकाले हाम्रो उत्सव र चिनारी बोकेको फूलपाती , सप्तमी समारोहले रजत जयन्ती मनाएको देखेपछि थाहा हुन्छ हामी कहाँ अनि कसरी हाम्रो ईतिहास लेख्दैछौ।अति सराहनिय कार्य सस्थाका सदस्यहरूले गरेका छन।त्यसैको साक्षिहुन पाईयो आज। मलाई महालय नै अघी सरेर आए झै लाग्यो। घरमा गई पन्ना पल्टाई हेर , लेखकहरूले पढ़दैनन भन्ने कुरालाई ध्यानमा राखी मैले पढ़े ,अमृत छेत्री सरले लेख्नु भएको ईतिहासले मन छोयो।कृष्णलामाज्युको अग्रेजीको लेखले अथक परिश्रम त्यहा झल्कीयो।आज अचानक डा' हर्क बहादु दाईलाई पनि यस कार्यक्रममा भेट्न र धेरै दिनपछि सुन्न पाईयो। 'पुतली झै हामी उड़ेकोजस्तो लाग्योझरेको पात झै हुरीलेसबैलाई संगेटे झै लाग्यो' त्यस्तै त्यस्तै आभास भयो।म पनि 'ए मिलर एण्ड हिज डङ्की'को कथादेखि प्रभावित छु उदाहरण दिने गर्छु। त्यस्तै वहाँको उदाहर्णहरू पनि रोचक लाग्यो।छ वटा कविता, एउटा लघु कथाले कार्यक्रम रोचक बनायो।समग्रमा भन्नु पर्दा कातिक प्रधान भाईको महेमान नबजीले वहाँको एलबमको गीत आमाको खुबै याद आयो माईत घरै पुगेजस्तो मिठो भोजनले आत्मा तृप्ति भयो।तल्लो तलामा उतरेपछि सागंरिला पुस्तक भण्डार राम्रो सुन्दर ढाचामा सजाएको बसौ बसौ लाग्यो। हरिभक्त कटवालजीलाई आईडल बनाई सजाएका रहेछन।संगीत र लेखनको सम्बन्ध झुण्डाईएको रहेछ।मनै मानेन निलामनि गुरूमासित बसेर रातो चियाको सिप लिदै राजा पुन्यानीज्युसित धेरै कुरोको चर्चा परिचर्चा भयो। हो हामी कवितामा सिलगढ़ीलाई आधुनिक बनाउबङ्गला हिन्दी अग्रेजी र नेपालीको यहाँ संगम सजाऔंनाटक र संगीतलेयसलाई सजाऔंसिलगढ़ीलाईरमाईलोबनाऔं।यस्तै यस्तै कुरोले रोचक बनायो कार्यक्रम। घाम सातोड़ा लागे झै घमाईलो भए पनि सांगरीलाको रातो चियाले तापमानलाई सन्तुलित तुल्यायो। समग्रमा भन्न पर्दा कार्यक्रम रोचक थियो। भानुभक्त समितीलाई धन्यबाद तथा बधाई, अझ उत्तोरोतर प्रगति होस।हाम्रो अस्तित्वको संघर्षमा यस्ता दस्तावेजहरू करगर सावित हुन।

2018 भानुभक्त समिति- रजत जयन्ती

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा