सौभाग्य



मलाई नसुनाउ तिम्रा व्यथाहरू
म आफैमा व्यथित भएको बेला
मलाई पर सारी नगिज्याउ यहाँ
म आफै आफमा हराएको बेला।

सुन्दर बघैचाँमा फालेको  कथा
नसुनाउ मलाई  म रोएको  बेला
प्रेमलाई बलात्कारमा बदली यहाँ
भुल कसको, जिवन रोएको बेला।

 हेरन् लह -लह छ जीवन उसको
अनुहार नमिल्छ  उसको यो बेला
 यशोधा भईछ बांझो  कोख यहाँ
नभन फालिएको, उ हाँसेको बेला।

सत्य तितो होला ,सुने उसको  कथा
नसुनाउ उसलाई दुःख लुकेको बेला
समाजलाई पर सारी नगिज्याउ यहाँ
संसकार आफै आफ हराएको बेला ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा