पगला झोढ़ा


यो झोड़ाको नाम
यहाँका बच्चा बच्चाले
जान्द छन! यो पागल छ!
आफ्नो गर्वमा कोईला
टाउकोमा पैरो राख्छ
त्यसैले वर्षातमा पागल हुन्छ
न शिर बचाउन सक्छ
न नै जरा थाम्न सक्छ
यसको अर्को नाम
लक्ष्मि झोड़ा, कतिको
माम र बास यसले पाल्छ
कारण यो दार्जिलिङ्गको
जिवन रेखा माझमा छ
अरसठ देखि सुनेको
यो पैरो जान्छ भनि तर
कोईला पिट धुलोले
कतिको चुला चौका जल्छ।
यो पैरोले मेरो मनमा
डड़ेलो लागि रह्न्छ,
एउटा यहाँ  साँघु हुन पर्ने
ईञ्जिनियर नजन्मेको हो
या त प्लानर नभएको हो
क्वाटनेरी र क्युनेरीको 
अभाव सदा छ बिचारा,
बिगत सम्झन्छु, यसलाई
आजसम्म के के गरि
पर्यटन स्थल बनाउथे होला
शिला पत्थर ह्रास हुनबाट
बचाउथे होलान ,,,
निष्ठुरी माया फर्केर
यतातिर कहिले हेरेनौ!
बिकल्प भन्ने कहिले सोचेनौं
त्यसैले उठाउ पोखाउ
नामैत पगला झोड़ा
म पनि यसको गहिराई
लमाई उचाई नाप्न
कहिले कहिले जाने गर्छु
आफु त प्रकृतिसित
बातै गर्न मात्र जान्दछु
लण्डन र स्कटल्याण्डका
पुलहरू हेरेपछित् टक्क
एउटा उठाएर यहाँ 
राख्न पाए हुनेथियो
भन्दै एक चोटी 
चिच्याई हेरे मेरो आवाज
म तिरै प्रतिध्वनित भयो
केवल बालु कंकड़हरू
एक दुईवटा फेरी चिप्ले।।।
।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा