कविता लेख्छौ आज!
कविता लेख्छौ आज!
आज अचानक एउटा
कविता चन्द्र भै सामुने आई
ठिङ्ग उभियो,,,,,,
खै खै भन्दै म छेउमा गई बसे
एउटा मुस्कान मेरै अघी
छक्क परेर मलाई हेरी रहेथ्यो
गाढ़ीको ध्यार ध्यार आवाजले
बोली अलि नबुझे पनि
तर मधुर मुस्कानले
सत्य र मिठो नै बुझें मैले
केही विगत थियो त्यहाँ
केही प्रश्नहरू थिए मनमा
सगैं परसम्म जाने रहर
केही अधुरै थियो विगतमा
आज कसैले रोक्न सकेन
तर प्रश्नोत्तर आफैमा थियो
अरे रिक्सामा संगै कहाँबाट?
समाजको चोर औंलाले देखाउछ
सायद छक्क परी भन्ने ,
न की कुनै भय र त्रास
मैले पनि आकाशतिर हेरें
दिउँसै पुर्णीमाको चन्द्रमा
ढकलक्कै मेरो सामु खसे
कि क्यार भने झै भान भो
तर हो दिउँसो भए पनि त्यो
सुर्य भने होईन कारण
त्यहा शितलता थियो
मुस्कान थियो अनि अतित
जीवनको व्यस्तता पनि
एक टुक्रा मायाको झिल्का
हो त्यो मिठो कविता जस्तै
सलल सलल बही रहेको
केही अमूल्य जीवनको पल थियो,
हो भावना दुवै तिर एउटा
अतितको सम्झना,
बिस्मृति को धुलोले पुर्न लागेको
पाउन लागेर हराएको
अतीतको यौटा कल्पना
सपनाको धुमिल तस्वीर जस्तै,
अचानक यौटा स्वपना परी
मेरै नजीक आउदा,
आखालाई धोखा
भए जस्तो
कस्तो कस्तो
कुनै मधुर साज झै
उनको समुधुर स्वरमा
म आत्तिए झै भएछु
आज बिश्वास भयो
साच्चै यो पृथ्वी
गोलो रहेछ
भुलिसकेको पुराना याद
फेरि ताजा ताजा भए जस्तो
तर आज
म नजीक भएर पनि
नजिकिन सक्दिन
स्पर्श गरेर पनि
स्पर्श अनुभव गर्न सक्दिन
यौटा पर्खाल ठूलो
छेकाबार गर्दैछ
मुटुको धडकन पनि
आज म मेरो बसमा राख्न
म बाध्य हुन्छु
भन्न नसकेका कुरो
आज म सजिलै भन्न सक्छु
मेरो सम्पुर्ण कुरो खुलस्त राख्न सक्छु
तर
त्यो दिन आज छैन
त्यो परिवेश आज छैन
भन्न चाहेर भन्न मिल्दैन
टिस्टा -रङ्गितको
दुइटा बाटो जस्तो
मिलन नहुने दुई किनारा जस्तो
सायद सागरमा पो मिलन हुने हो!
Comments
Post a Comment