गन्तव्य



बाटो जति नै लामो भए पनि
 गन्तव्य निरधारित छ,
अलमलिनेहरू स्वार्थी हुन तर
तर तिमीलाई कसले रोक्छ
जबसम्म सफल हुन्नौ
नयाँ बाटो अपनाउदै अघी बड़
जो बाटामा छोड़ीये
उसको सोच त्यतिसम्म छ बुझ
तिम्रो सोचलाई अघी बढ़ाउ
जो आफ्नो समुहमा बस्न रूचाउदैनन
उ कदाचित नेता होईन
क्रेता र विक्रेता ब्यपारी हुन
निच व्यवसाय जातिको आकाक्षा विक्रेता हो
चौकी पाउदाँ न्याय गर्छु भन्छ
नपाउदा जनताको साथ चाहिन्छ
विश्वको साथ चाहिन्छ
तर सात पाएपछि आफ्नो चरित्र देखाउछ
मन अमिलो पार्छ जनता रूवाउछ
राजनितमा आफ्नो पराय चिनिन्न
तसर्थ हाम्रो आकांक्षा पुर्न गर्न
राजनित नै गर्न पर्ने भो यो विशाल देशमा
कमिलाको गोलो,मौरीको गोलो भई
अघी बड़न पर्ने थियो तर भ्यागुतो भयौ
सानो कुवाँको ,एकलै एकलै टर टर गर्यौ
जोरले उफ्रेर कुँवामै हाम फाल्यौ
तर म त मेरै अघिपछि हेर्दै छु
नियाल्दै छु तिम्रो खोक्रो पनलाई
शरमले चुर्लुम्म भै फेरी प्राथना गर्दैछु
ईश्वर मेरो जातिमा फेरी दुर्गा मल्ल जन्माउ भनि
फेरी शुभाष चन्द्र नै जन्माउ भनि
दुर्गामल्लले प्राथना गरेका थिए जाति जगाउने
म प्राथना गर्छु नेता जगाउने!
अपसोस फेरि तिमी टेबलमा हार्न वाध्य भयौ
न्यायपालिकासम्म व्यर्थ लाग्न लाग्यो
यो धुप छायामा आउनेहरूको आशामा छु
उ आउने छ धर्यको सिमा सम्हाल्न
मर्ममा मर्हम पट्टि गर्न तिम्रो र मेरो जित बनी
केवल समयको फेर हो धुप छाँया
यो मौसमको बदलाव मात्र हो! उड़ान भरें मैले
गन्तव्य नपुगेसम्म कहिले ओझल
कहिले पारदर्शी भई संघर्षमा लागेको
तिमीले देख्ने छौ!  गन्तव्य निरधारित छ
यात्रा सदा जारी छ! अलमलिने म स्वार्थी होईन!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you