12.10.2021 गोर्खाको जनहितमा वार्ता
वार्ता त्रीपक्षीय भन्ने साथै थपक्क हामीलाई अब गोर्खाल्याण्ड दिन लाग्यो जस्तो लागि हाल्छ। स्वभाविक पनि हो कारण गोर्खाहरू सबै कुरोमा ठोकर खान्छन त्यसपछि एउटै समाधान हामीलाई सुझछ, हामी जुनै राज्यमा बसे पनि हाम्रो एउटा ठाँउ हुन पर्छ जहाँ भविष्यमा कोहि पनि आफ्नो राज्य, आफ्नो केन्द्र शासित राज्य, गोर्खा भुमि, गोर्खा बासभुमि भनि हामी गर्व बोध गरौं। भारतको विशाल ह्रदयमा हाम्रो एउटा छुट्टै कोठाहोस जहाँ हामी शुखको श्वाश- प्रश्वास लिन सकौं।
तर यो सहजै कहाँ हुदो रहेछ र,अझै कति समस्याको सामना गर्न पर्छ होला, अझै आफ्नो राज्य हुनेहरूले कहाँ वुझिदिन्छन र हाम्रो मर्म, अझ कति परिक्षा दिन पर्ने हो?
तर म एउटा गोर्खाली नागरिक भएर सोचदैछु यो कुरा, हरेक गोर्खाली भारतिय नागरिकले सोच्न पर्ने पनि यसरी नै हो जस्तो मलाई लाग्छ। कारण हामी यस्तै चेपारोमा छौ,एकातिर नेपाली बहुल क्षेत्र छिमेकी देश छ, अर्कोतिर गोर्खाली बहुल राज्य छ। माझमा हामी न यताको न उताको छौ।
जन गन मनको धुनमा दिनको शुरूवात हुने नागरिक हामी मात्र नभएर छिमेरी राज्य पनि छ, तर हामीलाई नबिथोलेस भन्दै लाखेश गर्छ त्यहाँकाहरूले, हुन पनि हो त्यो एउटा छदा छदैको राज्य ,अर्को तिर भने हाम्रो तिर्थ स्थल हो, छुट्टै देश, प्रिय देश तर, यो समस्या उनिहरूको पटक्कै होईन, आजको सन्दरवमा, अनि जुन राज्यमा हामी छौ उनिहरूसित हाम्रो भाषा संसकृति ट्याक्कै मिल्दैन।
यस्तो अवस्थामा राजनैतिक सौलियत पनि त हेर्छ होला सरकारले, यदि नहेर्नु हो भने यो समस्या समस्यै होईन नी,चुटकी मै सरकारले समाधान गर्न पर्ने हो, हाम्रा नागरिकहरूले देश प्रति देखाएको विर्ता , विशवास अनि आस्थालाई न्यायको दृष्टीले हेर्ने हो भने अवश्य सरकार अग्रसर हुनेछन सरकार,गोर्खाको समस्या समाधान गर्न, यो पहिलो बैठकको जिस्ट समाचार पत्रहरूको मार्फत म यहाँ साझा गर्न गईरहेछु।
पहिले गोर्खा राजनितिज्ञसितको बैठक, त्यसपछि वुद्धीजिवीहरूसितको भेटघाट अनि आज त्रिपक्षीय वार्ता।
तर वार्ताको सारशं भने, बाह्जात गोष्टि, पञ्चायत चुनाव,अनि जिटिए चुनावमा नै समापन भए जस्तो बुझियो।
Comments
Post a Comment