सरकारी कलेज दार्जीलिङ्गको सम्झना (2.10.2019)

2.10.19

प्रायः 30-32वर्षपछि आफु पढ़ेको कलेजको अडिटोरियममा बस्न पाँउदा एक प्रकारको न्यानो अनुभव भयो।
सरकारी कलेजमा त्यस समय हल कति ठूलो लाग्थ्यो, आज सानो लाग्यो, वास्तवमा हामी ठूला बड़ा भई सकेछौ।
के के परिवर्तन भएछ त यतिका वर्षमा भनि सबै तिर हेर्यौ।रंग परिवर्तन भएछ कलेजका भित्ताहरूको तर कमन रूम छेउँ पानी तप तप चुने बिमारी अझ रहेछ। काठका सिड़ीहरू जस्ताको तेस्तै रहेछन। अलिकता बाहिरको बाटो परिवर्तन भएछ तर जे होस कविर बस्नेत भाई र पवित्रज्युले हामीलाई बड़ो रमाईला पलहरू प्रदान गरे।आफ्नो कृति प्रकाशमा ल्याउन साथै पवित्रज्यु र समुहको धमारी फ्युजन, कविता वाचन समिक्षा आदि कार्यक्रमले हामीलाई आनन्द विभोर गरायो।बधाईका पात्रा हुन दुवै।पुस्तक पढ़ने छु अनि अझ कुरो राखौंला।
मलाई फेसबुकमा पढ़ने पाठकहरू पनि पाँए खुशी लाग्यो।
गण्य मान्य व्यक्तीत्वहरूसित धेरै वर्षपछि भेट घाट भयो।
बिचन्द्र सरले आफ्नो पुस्तक भेट गर्नु भयो। त्यसै समय विन्द्या दिदी बोल्नु हुदै थियो, सर यहाँ आफ्नो हस्ताक्षर गरिदिनुहोस न भनेको वहाँ बोलेको सुन पहिले भन्नु भयो।

सोध कर्ता एउटी विद्यार्थीको अध्ययन र अनुभव रोचक थियो। तर अझ हाम्रो साहित्यको सम्पुर्ण तथ्याङ्क अनलाईन विकिपिडियामा नपाउनु अलि दुःख कै अनुभव हो। 
यसलाई कसरी हुन्छ आफु आफुले भए पनि हाली राख्न  पर्यो नी!
केही कार्यक्रमको अनुभव सँग सँगै आफ्नो कलेजका दिनहरूलाई याद गर्यौ। फोटो सेसन आफ्नै चलायौ। पशुपतीको यात्रा सिदराको व्यपार पनि भयो।
ती सूचना पटलमा आफ्नो परिक्षा फल आउदाको अनुभव ताजा भयो।
हामीलाई दाहाल सरले पढ़ाउनु भएको गफ शुशन र मैले गर्यौ अनि सरलाई त्यस्तै आज देख्न पाउदा खुशीको अनुभव गर्यौ भने रामलाल सर , लक्कीदेवी गुरूमा, ललीता गुरूमाहरू सबै आज परलोक गमन गरि सक्नु भएको  भन्दै तिक्त अनुभवले भावुक पनि बनायो।
तर यतिका वर्षमा पनि अनुभव आलो रहदो रहेछ यी सबै श्रेय कबिर र पवित्र लामा बस्नेतलाई जान्छ, फेरी पनि यसरी कार्यक्रम गरि अनुभव ताजा गरिदिन हुन सादर अनुरोध छ।
आज हामी त्यहाँ नयाँ थियौं तर ती कलेजका सिड़ीमा हाम्रा पाईलाका ध्वनीले भन्दै थियो , तिम्रा पाँउहरूलाई बलियो बनाउने मेरै परिवेस थियो। एक पल ती विसाउनीमा बसी हेर्यौ कलेज हामीलाईदेखि रमाए जस्तो लाग्यो। हामी गम्भिर भै कलेजका भित्ताहरूको सर्वेक्षण गर्यौ, भित्ताहरूले लजाउदै भन्यो, म तेस्तै छु तर मेरा कमी कमजोरीमा भने नयाँ रंग पोतिएको छ।
यी पछिलतिरको रूखहरू जस्ताको तस्तै छन।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा