केही खोज्न मन लाग्छ

कहिल कहिले भिड़ भाड़
जमघटवाट यसरी
 टाड़ीन मन लाग्छ
यी बाटाहरू झै 
शुनसान पहरमा
केही घोरीन मन लाग्छ
कसैले साथ दिउन न दिउन
लक्ष्य तिरै लम्किन मन लाग्छ
वर्तमान र ईतिहास
 केलाई सकेपछि
फेरी एक चोटी मनन
 गर्न मन लाग्छ
युद्ध घढ़ीमा हाम्रो 
देशमा गुणगान हुन्छ
कति लड़ाकु कौम
 मनन गर्न मन लाग्छ
यी शान्त
 सरड़कहरूमा ईच्छा
हाम्रो पिल्सीएको
 चिन्तन गर्न मन लाग्छ
विर गोर्खा जस्तो शब्दलाई
टुकड़ा- टुकरा गरी
 फ्याक्न खोज्दा
ती आतङ्कवादीहरूलाई 
लखेटेको सोँच्न मन लाग्छ
बर्दीलाई मात्र होईन !
 मलाई माया गर
नत्र विरका सन्तान
 एकान्त सड़कमा अलमलिए
साना साना पासहरूमा
 बिलाउन लागे
ती विरताको आवाज
 धमिलो हुनसक्छ
यसरी सुनसान
 सड़कमा आफ्नो
परिवारको विर्ता खोज्न परे 
विर पुजाको अपमान हुनेछ!
त्यसैले आज मलाई
 यी शुनसान सड़कमा
आफ्नो गन्तव्य 
खोज्न मन लाग्छ!!

Comments