विडम्बना


मलाई पोलेको घाउले
तिम्रो आँशु खसेन
मेरो निन्द्रा उढ़ेको रातमा
तिम्रो आँखा टोलाएन
मैले तिमीलाई डोराउदाँ
उभो फर्की हेर्ने आँखाले
आज प्रश्न गरेन
तर तिमी मुर्दा भएका छैनौ
न नै तिमी आईशियुमा छौ
फेर पर्यो नङ्गबाट माशु उकर्यो
दुःखे चिरिकै तर घोपट्यौ
यी नयन बड़ा विशालु
ईर्शाको नजर हजुर!
उभो हेरी प्रश्न गर्नै दिएन
तेसैले म रगत र पसिना बहेको
हेरी रहे तर उसको नी
मन फर्केन तर उ घोप्टी रह्यो
कता कता त्रास र भय
देखे उसको खुशीमा
कता कता केही वैमनश्यता देखें
चोर मन मर्न भन्दा अघी
भविश्य सम्झि भयभित देखें
उसले जात भुल्यो समाज भुल्यो
केवल एक प्राण मात्र देख्यो
एक ईर्ष्या मात्र देख्यो
त्यसैले घोप्टोपरि त्यही फेरी
भत्केको घर कोट्याई बस्यो
मलाई पोलेको घाउमा पिल्सी रहे पनि
उ घोप्टोपरि नङ्ग-माशु कोट्याई रह्यो
उभो हेरी प्रश्न गर्ने आँट
अब उसले मलाई गरेन
तर उ जिउदो लाश बनी
मेरै छात्तीमा घोप्टो परि
हिढ़ी रहेछ शाशको नली
भेटाए उसको पोलेको दर्द
कम गर्न भनी शमसान ओछ्याउन
दागबत्तीको ईन्तजाममा
तर उभो फर्की प्रश्न गर्ने क्षेमता
उसको हराई सकेको छ!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा