सागरसित मनथन

म तिमीसित रम्न चाहान्छु
तिम्रो विशालता नाप्न चाहान्छु
तिम्रो शक्ती ममा प्राप्त। गर्न चाहान्छु
तिमी शान्त त् कहिले छैनौ
तर हल्का नचाहिदालाई फ्याक्छौ
पल पलमा धुलीकन समेटछौ
तिम्रो गर्वको आयतन 
नाप्न चाहान्छु
मोतीका दानाहरूसित
 खेल्न चाहान्छु!
तर भय छ कतै कष्टले
 सुनामी त होईनौ?
मलाई पनि बहाई लैजाने
 ईच्छा त राख्दैनौ?
नमकीन भई तिम्रा
 छालहरूसित एकैछन
म यहाँ  तिम्रा  ती
शितल स्रोतसित रम्न चाहान्छु
उष्न स्रोत नाप्ने नी
मेरो क्षमता कहाँ छ र!
केवल यी रेतमा 
तिम्रो र उसको सम्वन्ध
केलाउन र एकै छन
 हाँसो र बेदना साट्न चाहान्छु
तिमी दौड़न्छौ वेदना मेट्न या त
तिमीलाई वेदनाहरूले 
ढकेली रहन्छ?
जान्ने अशिम ईच्छा नी
 हुन्छ मनमा
तर तिम्रो उर्जाले निवारण त 
कसैको भई नै रहन्छ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा